एमाले नेताले घरेलु कामदारको रुपमा रोखेकी बालिकालाई जवरजस्ती करणी गरे :: थप जानकारि >>
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विराटनगरः घरेलु कामदारको रुपमा रोखेकी बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा विराटनगरका बासुदेव कोइरालालाई प्रहरीले पक्राउ गरेको छ । उनी एमालेका स्थानीय अगुवा नेता हुन् । घरमा काम गर्न राखेकी १४ वर्षीय बालिकालाई  पटक पटक जवरजस्ती करण गरेको अभियोगमा  जिल्ला प्रहरी कार्यालय मोरङले लेखापरिक्षक कोइरालालाई पक्राउ गरेको हो ।
बालिकालाई कोइरालाले दुई वर्षयता पटक पटक जवरजस्ती करण गरेको उजुरी परेपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बालिकाले गत बुधवार जिल्ला प्रहारी कार्यालयमा जाहेरी दिएकी थिइन । बालिकाले जाहेरी दिएको आधारमा कोइरालालाई पक्राउ गरी अनुसन्धन प्रकृया अघि बढाइएको मोरङका प्रहरी उपरिक्षक सन्दिप भण्डारीले जानकारी दिनुभयो ।
कोइरालाई पक्राउ गर्न साथ म्याद थप गरी अनुसन्धान प्रकृया सुरु गरिएको उनले जानकारी दिनुभयो । गाउँबाट घरेलु कामदारको रुपमा ल्याइएकी बालिकालाई दुई बर्षयता कोइरालाले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । आर्थिक रुपमा विपन्न परिवारकी ती बालिकालाई कोइरालाका आफन्तले करिव ४ वर्ष अघि  घरेलु कामदारको रुपमा ल्याएको बताइएको छ । विराटनगरमा लेखापरिक्षण पेसा गर्दै आएका कोइराला एमाले निकट राजनीतिमा क्रियाशील छन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z