सुर्खेतमा ड्रोन क्यामेरा उडेपछि तनाव
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल फोटो
सुर्खेतः सुर्खेतको आकासमा एकाएक ड्रोन क्यामेरा उडेपछि सुरक्षा निकाय र स्थानीय प्रशासन तनावमा परेका छन् ।
दुईजना विदेशी नागरिकले बुधवार बिहान वीरेन्द्रनगरको आकाशमा ड्रोन क्यामेरा उडाएर सुरक्षाको दृिष्टले संवेदनशील क्षेत्रको फोटो लिएपछि सुरक्षा निकाय तनावमा परेका हुन् ।
वीरेन्द्रनगरस्थित गणेशचौकमा रहेको रातोपुलबाट दुई विदेशी नागरिकले ड्रोन उडाएका थिए । ड्रोन क्यामेरामार्फत उनीहरुले सुर्खेत उपत्यकामा रहेका नेपाल प्रहरी, नेपाली सेना, कारागार र स्थानीय प्रशासनलगायत सुरक्षाको दृष्टिले अति संवेदनशील क्षेत्रको फोटो लिएको आशंका गरिएको छ ।
अनुमतिविना नै आकाशमा ड्रोन उडेपछि सुरक्षा निकाय तनावमा परेका हुन् । आकाशमा ड्रोन उडेको देखेपछि हेर्नका लागि सडकमा जम्मा भएका सर्वसाधारणहरुले स्थानीय प्रशासनलाई जानकारी गराएका थिए ।
अनुमतिविना जिल्लामा ड्रोन उडेपछि सुरक्षा निकायले विदेशी नागरिकहरुको खोजी गरिरहेका छन् । वीरेन्द्रनगरको आकाशमा ड्रोन क्यामेरा उडाएर विदेशी नागरिक आधा घण्टामै भागेका छन् ।
उनीहरु सर्वसाधारणहरुलाई छल्दै भागेका हुन् । एकाएक हराएका उनीहरुको खोजीका लागि जिल्लाका सबै नाकाहरु शिल गरेर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुर्खेतका प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठले आफूहरुले जानकारी पाएलगत्तै उनीहरुको खोजी सुरु गरेको र सबै नाका शिल गरिएको बताए । उनीहरुको खोजीका लागि वीरेन्द्रनगरमा व्यापक प्रहरी परिचालन गरिएको छ ।
नेपालको कानुन अनुसार स्थानीय प्रशासनसँग अनुमति लिएर मात्रै ड्रोन क्यामेरा उडाउन पाइने व्यवस्था छ । तर, सुर्खेतमा ड्रोन उडाउने अनुमति कसैले पनि नलिएको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रजिअ श्रेष्ठका अनुसार सुर्खेतमा अनुमतिविना नै ड्रोन क्यामेरा उडाइएको भन्दै कसले उडाएको हो भन्ने प्रशासनलाई जानकारी नभएको बताए ।
उनले अनुमतिविना नै एकाएक ड्रोन क्यामेरा उडाइएको सूचना पाए लगत्तै आफूले प्रहरीलाई यसबारे बुझ्न लगाएको समेत जानकारी दिए ।
श्रेष्ठले पूर्व स्वीकृति विनानै ड्रोन क्यामेरा उडाउन नपाइने भन्दै उनीहरुलाई कडा कारवाही गरिने चेतावनी दिए । अनुमितविना आकाशमा ड्रोन क्यामेरा उडाएर सुरक्षाको दृष्टीले संवेदनशीन क्षेत्रको फोटो खिच्नु गम्भिर घटना भएको र यसको अनुसन्धान भइरहेको उनको भनाइ छ ।
कानुनमा अनुमति विना ड्रोन क्यामेराको प्रयोग गरेर फोटो लिएमा वा भिडियो रेकर्ड गरेको पाइएमा नागरिक उड्डयन प्राधिकरण ऐन र विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने व्यवस्था छ ।
यस्तै गृह मन्त्रालयले जारी गरेको निर्देशिकामा ड्रोनबाट लिइएका तस्बिर र भिडियो सुरक्षा संगठनलाई अनिवार्य रुपमा बुझाउनुपर्ने उल्लेख छ ।
उक्त निर्देशीका उल्लेख भए अनुसार महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक स्थल, सुरक्षाका दृष्टीले संवेदनशील क्षेत्र र हवाईमार्गमा असर पर्न सक्ने क्षेत्रहरुमा ड्रोन क्यामेरा उडानमा रोक लगाएको छ ।
तर, सुर्खेतको आकाशमा अनुमतिविना नै ड्रोन उडेपछि स्थानीय प्रशासन, प्रहरी र नेपाली सेना आश्चर्यमा परेका छन् ।
एकाएक ड्रोन उडेपछि हेर्नका लागि सर्वसाधारणहरुको भीड लागेको थियो । तर, प्रहरी आउन नपाउँदै ड्रोन उडाउने दुई जना विदेशी नागरिक फरार भएका छन् ।

###
0 comments
Write Down Your Responses