सिनामंगल सडकः अस्ति बन्यो, आज खन्यो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं-सिनामंगल सडकखण्ड कालोपत्र भएको दुई सातामै भासिएर खाल्डो परेको छ । सडक निर्माण क्रममा ठेकेदार कम्पनीको लापरबाहीका कारण भासिएपछि चिल्लो सडक बिहीबार डोजरले खनेको छ ।
नयाँ वर्षको अघिल्लो दिन कालोपत्र भएको सडकखण्डअन्तर्गत काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल नजिकको सडकमा ठूलो भ्वाङ परेको हो । सडक नै भासिएर भ्वाङ परेपछि डोजरले सडकको करिब पाँच मिटर भत्काउनु परेको हो ।
उक्त सडकखण्ड निर्माणको जिम्मेवारी पाएको 'लामा बिल्डर्स–विरुवा–च्याङमिला' निर्माण कम्पनीले कालोपत्र गर्नुपूर्व ढुंगा गिट्टीले ग्राभेल गरी तयार पार्नुपर्ने बेस निर्माण क्रममा हेलचेक्रयार्इंका कारण सडक भासिएको सडक विभागका कर्मचारी बताउँछन् ।
'खानेपानी तथा ढलका पाइप बिच्छ्याइसकेपछि सडक सम्याउने र बेस बनाउने क्रममा कम्पनीका कर्मचारीले लापरबाही गरेकाले पिच सडक भासिएर खाल्डा परेको हो,' विभागका एक कर्मचारीले भने, 'कालोपत्र गर्नुअघि सडकखण्डमा बेस बनाएर रोलरले पेल्नुपथ्र्यो । त्यसो नगर्दा समस्या आएको हो ।'
तर, ठेकेदार कम्पनीका कर्मचारी भने निर्माणमा कुनै लापरबाही नगरेको दाबी गर्छन् । 'सडक निर्माण क्रममा कुनै त्रुटी भएको छैन,' ठेकेदार कम्पनीका एक्स्काभेटर अपरेटर भुपाल तामाङले भने, 'ढल राख्ने क्रममा नै त्रुटी भएको पाइएको छ ।' उनले ढल तथा खानेपानीको पाइप नफुटे पनि ढल राखेपछि हालेको माटो बलियोसँग नथिचिएकाले सडक भासिएको बताए ।
कालोपत्रे भएको केही समयमा नै सडक भासिएपछि स्थानीयसमेत छक्क परेका छन् । भासिएको सडकछेउ मःमः पसल सञ्चालन गर्दै आएकी संगीता लामाका अनुसार दुई दिनअघि सानो प्वाल परेको सडक बुधबार ठूलो भ्वाङ परेर भासिएको थियो ।
दुई साताअघि मात्र कालोपत्र गरिएको सडकमा सवारीसाधन समेत राम्ररी गुड्न नपाउँदै भत्काउनु पर्ने अवस्था आउनुमा ठेकेदारकै लापरबाही भएको स्थानीय कमल पौडेलले बताए । 'बल्लतल्ल सडक बन्यो भनेर दंग परेका थियौं,' उनले भने, 'तर अस्ति बनाएको सडक आज खने ।' उनले निर्माणमा लापरबाही गर्नेमाथि कारबाही हुनुपर्ने बताए ।
उक्त सडकखण्डको नियामक निकाय काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख मनोज श्रेष्ठले भत्किएको सडकखण्ड इन्जिनियरले अध्ययन गरिरहेको र तत्काल सडक पुनर्निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइसकेको जानकारी दिए । 'इन्जिनियरले अध्ययन गर्दा प्रारम्भिक रुपमा ढलका कारण सडक भासिएको देखिएको छ,' उनले भने, 'भासिएको ठाउँमा तत्काल सडक बनाउन निर्देशन दिइसकेका छौँ ।' उनले एकदुई दिनमा नै निर्माण कम्पनीले उक्त खण्ड बनाइसक्ने जानकारी दिए ।
विस्तारपछि सिनामंगल सडकखण्ड १४ मिटर चौडा भएको छ । यसअघि उक्त सडक १० मिटर चौडा थियो । ठेकेदार कम्पनीले ९ करोड ६३ लाख ६६ हजार ३ सय ३८ रुपैयाँ उक्त सडकखण्ड निर्माणवापत् भुक्तानी लिएको छ ।
सडक निर्माण क्रममा कम्पनीले पटकपटक लापरबाही गरेको थियो । कम्पनीको लापरबाहीकै कारण उक्त सडक म्याद सकिएको ९ महिनापछि मात्र निर्माण भएको थियो । सम्झौता अनुसार कम्पनीले असार १३ गते नै सडक निर्माण सक्नुपर्ने थियो । तर निर्माण क्रममा अनेकौं बहानाबाजी गर्दै कम्पनीले चैतको अन्तिम दिन मात्र सडक निर्माण सकेको थियो ।

###
0 comments
Write Down Your Responses