चीनले अमेरिकी एयरक्राफ्ट क्यारियरलाई रोकिदियो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :एजेन्सी
बेइजिङ: चीनले अकेरिकन एयरक्राफ्ट क्यारियर युएसएस स्टेनिसलाई हङकङ पोर्टमा आउने क्रममा रोकिदिएको छ ।

आफ्नो एयरक्राफ्ट क्यारियरलाई चीनले रोकेको घटनाको अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरेको छ।


चीनले अमेरिकन एयरक्राफ्ट क्यारियरलाई रोक्नुको कारणबारे केही खुलेको छैन । चीनको यो कदमले यी दुई देशबीच तनाव बढेको छ ।

अगस्त २०१४ पछि पहिलो पटक चीनले अमेरिकन युद्धक जहाजलाई हङकङ पोर्टमा जान पहिलो पटक रोकेको हो ।

पेन्टागनका प्रवक्ता कमाण्डर बिल अर्बनले भने, 'चीनले हाम्रो युद्धक जहाज बोक्ने क्यारियरलाई चीनले हङकङ पोर्टमा पस्ने अनुमति नदिएको खबर आएको छ ।चीनले रोकेका एयरक्राफ्ट क्यारियरमा अमेरिकन जोन सी स्टेनिस पनि सामेल थियो ।'

अर्कातिर चिनियाँ विदेश मन्त्रालयले साउथ चाइना मर्निङ्ग पोस्टलाई बताए अनुसार पोर्टमा प्रवेशको अनुमतिलाई तत्कालिक परिस्थिति र सार्वभौम सिद्धान्तका आधाररमा खारेज गरिएको हो ।'

समाचार अनुसार १५ अप्रिलमा अमेरिकन रक्षा सचिव एस्टन कार्टर यो क्यारियरलाई राखिएको साउथ चाइन सी मा पुगेका थिए । उनले त्यहाँ पुगेर आवश्यकता परेमा अमेरिकाले चीनविरुद्ध फिलिपन्सलाई सघाउने बताएका थिए ।

चीन र अमेरिका दुबै साउथ चाइना सीमा समु्द्री सैन्य गस्ती गरिरहेका छन् । अमेरिकाले साउथ चाइना सीमा २७४ सेना र पाँच ए-१० युद्धक जहाज पनि तैनाथ गरेको छ। यो टोली यस महिनाको अन्त्यसम्म त्यहाँ रहनेछ । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z