निम्नमाध्यमिक तहमा १११७ जनाको लागि खुल्यो जागिर (विज्ञापनसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ, १० जेठ, शिक्षक सेवा आयोगले आज निम्नमाध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको लागि खुल्ला प्रतियोगिताबाट शिक्षक माग गरेको छ । पाँचै विकास क्षेत्रका सामुदायिक विद्यालयमा २०६३ वैशाख १० गतेपछि रिक्त हुन आएका शिक्षक पदको पदपूर्ति गर्ने उद्देश्यले आज जम्मा ११ सय १७ जना शिक्षकको माग गरेको हो ।

देशैभरिमा नेपाली विषयमा १६२ जना, अंग्रेजीमा ३२६ जना, गणितमा १४२ जना, विज्ञानमा १५३ जना, सामाजिकमा १७२ जना गणित/विज्ञानमा १५५ जना, संस्कृत ब्याकरणमा ४ जना, संस्कृत भाषामा १ जना र कम्प्युटर विज्ञानमा २ जनाको माग भएको हो । आयोगले गतवर्ष सिफारिस हुन नसकेको पदसंख्या समेत यसै विज्ञापनमा समावेश भएको जनाएको छ । आयोगकाअनुसार आगामी असार १२ गतेसम्ममा दरखास्त दिइसक्नु पर्नेछ भने दोब्बर दस्तुरमा असार १९ गतेसम्म पनि दिन सकिने जनाएको छ । लिखित परीक्षा भने भदौ ११ गते विहान ८ बजेदेखि हुने जनाइएको छ ।
विस्तृत विवरण तलको विज्ञापनमा हेर्नुहोला :
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z