काठमाडौंलाई तराईसंग जोड्ने फास्ट ट्रयाक निर्माणलाई लिएर बहस तीब्र
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौंलाई तराईसंग जोड्ने फास्ट ट्रयाक आयोजनाको निर्माण सम्बन्धमा बहस तीब्र बनेको छ । वहससंगै विवादको पनि विजारोपण भएको फास्ट ट्रयाक निर्माण स्वदेशी या विदेशी लगानी भन्ने प्रश्नले पनि महत्व पाएको छ । विशेषतः राजनीतिक दलका शीर्ष नेताहरु नै लगानी स्वदेशी या विदेशी भन्ने विवादमा केन्द्रित बन्दा यो आयोजनाले मूर्तरुप नपाउने हो की भन्ने चिन्ता पनि बढेको छ ।



काठमाण्डौ तराई जोड्ने फास्ट ट्रयाक सडक आयोजना सम्बन्धमा भौतिक योजना तथा निर्माण मन्त्रालय, ईन्जिनियरिङ काउन्सिल, ईन्जिनियर्स एसोसिएसन र सरोकारवालाहरुबीच शनिबार काठमाडौंमा आयोजित अन्र्तक्रिया कार्यक्रममा पनि नेपाल स्वयमले निर्माण गर्नु पर्ने आवाज घनिभूतरुपमा उठेको छ ।

आयोजनामा हरेक क्षेत्रको सहयोगको खाँचो रहेको बताउँदै  विज्ञहरुले सो फास्ट ट्रयाक सरकारी लगानीमा नेपालले निर्माण गर्नु पर्नेमा जोड दिएका छन् । भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव अर्जुन कार्कीले काठमाण्डौ तराई जोड्ने फास्ट ट्रयाक आयोजना स्वदेशी लगानीमा बन्नेमा बिस्वस्त हुन आग्रह गर्नुभयो । पुर्वाधारमा लगानी गर्नुपर्ने कुरामा अघि बढ्नुपर्ने बताउँदै उहाँले फास्ट ट्रयाक नेपालको आर्थिक उन्नतिका लागि भएकोले सरकार परिवर्तनले कुनै असर नपार्ने जिकिर पनि गर्नुभयो ।

नेपाल ईन्जिनियरिङ काउन्सीलका अध्यक्ष सत्यनारायण शाहले आयोजनाका लागि इन्जिनियरिङका बिषयमा समस्या नभएको तर नीतिगत निर्णयमा अलमल भएको बताउनुभयो ।

त्यसैगरी नेपाल ईन्जिनियर्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले राष्ट्रिय गौरवको रुपमा रहेको आयोजनालाई राज्यले नाफा नोक्सानको दृष्टिले हेर्न नहुने सुझाव दिनुभयो  । आयोजनामा लगानी गर्न खासै समस्या नभएको बताउँदै उहाँले नेपालमै क्षमतावान ईन्जिनियर रहेकोले मेकानिजममा सुधार गरि नयाँ ढङ्गबाट जानुपर्ने धारणा राख्नुभयो ।

बिज्ञहरुले आयोजना, निजी लगानीबाट बन्दा खतरा हुने भन्दै नीतिगत निर्णयमा अलमल नगरी संबेदनशील रुपमा लाग्नुपर्ने बताएका छन् । काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक आयोजना पछिल्लो समय निकै महत्वका साथ हेरिएको नेपालकै ठूलो आयोजना हो । यस आयोजनालाई केवल कुरामा मात्र सीमित नगरी सरकार, राजनैतिक दल , सरोकारवाला संघसंस्था र जनता सबैको सकारात्मक सोच सहितको सहयोग आवश्यक छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z