बाढीले बगाउदा नेपाली भूमि भारतमा, करिब आठ अर्बको क्षति
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
वि.सं. २०७० मा महाकाली नदीमा आएको विनाशकारी बाढीले बगाएर दार्चुलामा रहेको नेपाली भूमि भारतमा परिणत भएको छ ।



नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) ले गरेको अध्ययनले महाकालीमा आएको बाढीले नेपालको १० हेक्टर जमिन भारतमा गएको देखिएको अनुसन्धानकर्ता अध्ययन टोली प्रमुख डा. महेन्द्रबहादुर गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो “महाकालीमा आएको बाढीले दार्चुला सदरमुकाममा मात्रै रु सात अर्ब ९० करोड बराबरको क्षति भएको छ ” टोलीले गरेको अनुसन्धानले बाढीपछि दार्चुला सदरमुकामवासीमा मनोवैज्ञानिक त्रास समेत देखिएको अनुसन्धानकर्ता केदारचन्द्र भट्टले बताउनुभयो ।

सन् २०१४ को फेब्रुअरीबाट सुरु गरिएको अनुसन्धान व्यक्तिगत क्षति, सार्वजनिक क्षति र अप्रत्यक्ष क्षतिको समेत एक वर्षको तथ्याङ्क लिइएकोे नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ ।

महाकालीमा आएको बाढीले पु¥याएको क्षति र यसको जलवायु परिवर्तनसँगको सम्बन्धका बारेमा अनुसन्धान गरेपछि क्षतिको यो विवरण आएको हो । महाकाली नदीमा २०७० असार २ र ३ गते बाढी आएको थियो ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z