कस्ता व्यक्तिलाई मधुमेह हुने सम्भावना बढी हुन्छ ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
-डा. दिना श्रेष्ठ
मधुमेह कस्ता व्यक्तिलाई हुने सम्भावना बढी हुन्छ ?
मधुमेह रोग लाग्ने सम्भावना त्यसको जोखिमका कारक तत्वले निर्धारण गर्छ । पहिलो कारण वंशाणुगत हो । आमाबाबुलाई मधुमेह भएको छ भने छोराछोरीमा हुने जोखिम ८० प्रतिशत हुन्छ । आमालाई मात्र हुँदा ६० प्रतिशत र बाबुलाई मात्र हुँदा ४० प्रतिशत जोखिम हुन्छन् । यसैगरी मोटोपना भएका, अल्छी जीवनशैली, अस्वस्थकर खानपिन, रक्सी–चुरोट बढी सेवन गर्ने मानिसलाई यो रोगको सम्भावना बढी हुन्छ ।
मधुमेहको उपचार सम्भव छ ?
टाइप वान मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । तर, पूर्ण निको पार्न सकिँदैन । यसमा अनिवार्य इन्सुलिन लिनुपर्छ । तर, टाइप टुलाई नियन्त्रण गरेर निको पार्न सकिन्छ । टाइप टुमा सुरुको अवस्था भए खानपिन र जीवनशैली परिवर्तन गरेर नियन्त्रण गर्न सकिन्छ । यसरी पनि नियन्त्रण नभए औषधि सेवन गर्नुपर्छ । तर, कालान्तरमा गएर केही बिरामीले इन्सुलिन लिनुपर्ने पनि हुन सक्छ ।
मधुमेहका बिरामीले खानपिनमा कसरी ध्यान पु¥याउन सक्छन् ?
डाक्टरको सल्लाहअनुसार गुलियो, प्रशोधित खाना (जंकफुड, फास्टफुड), चिल्लो, रातो मासु, तयारी जुस र कोल्ड ड्रिंक्स खान बन्द गर्नुपर्छ । तरकारी तथा फलफूल बढी खानुपर्छ । प्रोटिनयुक्त खाना खानु राम्रो हुन्छ । तर, चिल्लो र कार्बोहाइडेट बढी भएका खाना भने नियन्त्रण गर्नुपर्छ । मधुमेहका बिरामीले तौल घटाउनुपर्छ ।
मधुमेहका बिरामीले कस्ता खालका व्यायाम गर्ने ?
मधुमेहका बिरामीले व्यायाम अनिवार्य गर्नुपर्छ । सुरुआती अवस्थाका मधुमेह भएका बिरामीले जस्तो खालका व्यायाम गर्दा पनि हुन्छ । हिँड्ने, साइकल चलाउने, पौडी खेल्ने र स्कीइङ गर्दा राम्रो हुन्छ । धेरै मोटो भए तौल घटाउनुपर्छ । एरोबिक एक्सरसाइज तथा मसल बनाउने ट्रेनिङ एक्सरसाइज साथसाथमा गरे झन् धेरै फाइदा हुन्छ । धेरै मोटो भए उकालो–ओरालो गर्दा घुँडा तथा जोर्नीमा समस्या आउन सक्छ । मधुमेहका बिरामीले हिँड्दा वा व्यायाम गर्दा खुट्टामा घाउ हुन नदिन निकै सचेत हुनुपर्छ । हिँडडुल गर्दा राम्रो जुत्ताको प्रयोग गर्नुपर्छ । डाइबेटिजसँगै उच्च रक्तचाप पनि छ भने डाक्टरको सल्लाहअनुसार एक्सरसाइज गर्नुपर्छ । केही मानिस योगा गर्छु भन्छन् । तर, यो पर्याप्त हुँदैन । यसका साथै एरोेबिक एक्सरसाइज पनि गर्नुपर्छ ।

###
0 comments
Write Down Your Responses