सम्बन्धलाई निकट ल्याउन स्थायी संयन्त्र आवश्यक’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपालको आन्तरिक राजनीतिमा इजरायलको खासै चासो रहँदैन’
जेष्ठ १२, २०७३- इजरायलमा कार्यकाल सकेर फर्कदै छन्, राजदूत प्रल्हाद प्रसाईं । ताप्लेजुङको हाङपाङमा छ दशकअघि जन्मिएका प्रसाईले २०३९ सालमा कूटनीति सेवामा प्रवेश गरेका हुन् । त्यसअघि विभिन्न विद्यालयमा शिक्षक रहेका उनी कुटनीति सेवा प्रवेशपछि आधा दर्जन मुलुकमा रहेर काम गरिसकेका छन् । उनी आफ्नो कूटनीतिक करिअर सम्पन्न गरेर निजी जीवनमा फर्कदै छन् । करिअर राजदूत प्रसाईंले विगत सात बर्ष देखि बन्द रहेको इजरायलमा नेपाली केअर गिभरको ढोका पुन: खोलेका छन् । उनले इजरायलमा कामदारको लागि ढोका मात्र खोलेनन्, सरकारी तहबाट नै लैजाने समेत तय गरे ।चार वर्षे कार्यकाल सकाएर फर्कने तयारीमा हुनुहुन्छ । कस्तो अनुभव भएको छ ?
मेरो चार बर्षे कार्यकाल सधै नै ब्यस्त रहेर वित्यो । कहिल्यै विदा लिएर बस्न समेत भ्याइन । आरम्भदेखि अन्तिमसम्म ब्यस्त रहन पाँएकोमा खुशी छु । इजरायल र नेपालको पुरानो सम्वन्धलाई मजबुद र क्रियाशिल बनाउन केही इट्टा थप्ने काम गरे । जसले गर्दा मेरो बसाईमा सन्तोष गर्ने ठाँउ मैले पाँए ।
तर नेपाली केअर गिभर ल्याउने काम तपाई फर्कने बेलामा मात्र सफल भयो नि, यसमा किन ढिला भएको होला ?
हो, यसमा ढिलाई भएको सत्यकुरा हो । नेपालीहरुको लागि इजरायल राम्रो गन्तब्य हो । यहाँ जतिसक्दो धेरै नेपालीलाई केअर गिभर होस या कृषिमा ल्याउन सके राम्रो हुन्छ । समस्याहरु आएका कारण नेपाली आउनेक्रम बन्द भएको थियो । आएदेखि नै मेरो ध्यान सम्वन्ध सुधार र अन्य पक्षहरुसंगै नेपालीहरु आउने क्रमलाई कसरी निरन्तरता दिलाउने भन्नेमा नै रह्यो । आफू फर्कने भन्दा केही समय अघि यो खुलाएर एक टोलीलाई इजरायलमा ल्याइसकेको र काम गर्ने स्थानमा आफै पुगेर आएको हुँ । मैले रोकिएको काम खुलाउने भन्दा पनि अव कसरी ल्याउने भन्ने स्थायी थिती बसाएको छु । यसले अव हरेक बर्ष एक हजार भन्दा बढि केअर गिभरमा र कृषिमा पाँच सय बढि नेपाली आउन सक्नेछ । कृषिमा पनि समस्या थियो । तर अहिले साना किसान विकास बैंकमार्फत गाउ गाउका युवालाई ल्याउने कार्य समेत सफल भइसहेको छ । केअर गिभरको यो प्रयास सफल बनाउन सबै लाग्न जरुरी छ ।
के भएर बन्द भएको रहेछ नेपाली कामदारको लागि इजरायल यति लामो समयसम्म ?
नेपालीहरु ल्याउदा धेरै रकम लिएको । कतिपय नेपाली अलपत्र परेको अवस्था र उनीहरुले दिएको उजुरीको आधारमा इजरायलीले नै नेपालीलाई ल्याउन बन्द गरेका रहेछन । बैधानिक रुपमा सन् २००९ देखि बन्द भएको हो । म २०१२ मा आए देखि नै खुलाउने प्रयास गरे । यसको कागजी काम डेढ एक बर्ष अघि नै भएको हो । तर सबैलाई थाहा भएको कुरा हो हामीको र अन्यको काम गर्ने शैली । आउने वित्तिकै सबै अधिकारीहरु संग सल्लाह गरे । गणतन्त्र दिवसको कार्यक्रमको अवसरमा इजरायलीहरुलाई बोलाएरसमस्याको विषयमा छलफल गरे । उनीहरुले म्यानपावरबाट नगर्ने भन्ने धारणा पाए । त्यसपछि परराष्ट्र र श्रम मन्त्रालयसंग कुराकानी गरेर नै म इजरालयमा नेपालीको ढोका पुन खोल्ने माध्यमको रुपमारहे ।
अझै पनि कता कति म्यानपावरबाट ल्याउन सकिन्छ कि भनेर लागेका छन नि ?
हो, कतिपय अझै पनि कसरी म्यानपावरबाट ल्याउन सकिन्छ भनेर लागेका छन । तर अव पुन: म्यानपावरमा जाने भनेको नेपालीले पाउन कोटा नै बन्द गर्नु हो । त्यसैले यो मोडललाई सफल बनाउन सबैले सहयोग गर्न आवश्यक छ । सरकार(सरकार (जिटुजी) स्तरबाट नै अघि बढेर काम थाल्नुपर्छ । अव विवादमा अल्झने होइन । म्यानपावरबाट आउदा एक बर्षसम्मको पारिश्रमिक एजेन्टले खाएको थियो । तर अहिले त्यो अवस्था छैन् । योग्य मानिस आउछन् । काम पनि राम्रो छ । यसमा नै हामीले जोड दिनुपर्छ ।
गैर आवासिय नेपाली संघ तथा केही नेपालीहरु यो सफल नहुने बताएका छ नि ?
त्यो कतिपयको बुझाई होला । तर, वास्तविकतामा जानुपर्छ । इजरायलमा धेरै त्यस्ता कामदार चाहिने होइन । कुनै एक मुलुकबाट नै पनि ल्याउन सक्छ । तर उसले सबैसंग सम्वन्ध राखौ भनेर बाडेर कामदार लिएको छ । केअर गिभर ४५ हजारको माग हो । त्यो तलमाथि हुन्छ । तर, चािहने त्यती नै हो । यसमा भारत, श्रीलंका, फिलिपिन्स, माल्देभा, थाइल्याण्डबाट कामदार ल्याएको छ । उसले नेपालमा गरेको जस्तो सम्झौता गर्न ति मुलुकहरुसंग पनि प्रारम्भिक तयारी गरिरहेको छ । कतिपयलाई पत्रपठाई सकेको छ । त्यसैले निजीलाई पनि सरकारले दिएको कोटामा बोलाउने हुनाले यसलाई अन्यथा नलिईकन काम गर्नपर्ने हुन्छ । इजरायल सरकारले नै विश्वास दिलाएको छ । अव यही तवरबाट नेपाली ल्याउने हो । हरेक वर्ष कोटा तोकेर ल्याउने हो । उनीहरुले सबैमा कोटा तोक्छ । अहिले कृषिमा २० हजार बढिले काम गरिरहेका छन । त्यसमा नेपाली ५ सय जति छन भने धेरै थाईहरु छन । कामदारहरु नै दलालबाट ठगिए भेनर अदालतसम्म पुगेको र इजरालको सर्वोच्च अदालतले नै सरकारी तवरबाट ल्याउनु भनेपछि इजरायलीहरु पनि त्यही आधारमा अघि बढेका हुन ।
समस्या के छन् ?
यहाँ कार्यरत सबै नेपालीहरु खुशी छन् । तर, कहिलेकाही काम सकेर जाने समयमा एक मुस्ट रकम लिने विषयमा सामान्य समस्या देखिन्छ । त्यो नदिन केहीले पहिले देखि नै उजुरी हाल्ने र कादारलाई असक्षम बनाउने प्रयास एक आदले गर्न खोज्छन । त्यसमा कन्सुलरले सम्वोधन गर्ने गरेको छ । अन्य भनेको सामान्य समस्याहरु जस्तै कन्सुलर टाइपका, पासपोर्ट, ट्राभल कार्ड, पैसा भनेजस्तो दिएन । उपदान दिएन भन्नेमा नै हुन्छ । त्यसको कानुनी उपचार हामीले त्यस्तै संस्था खोजेर लगाउने गरेका छौ ।
कृषिमा कति नेपाली छन् । अहिले कस्तो छ थप सम्भावना ?
कृषिमा पहिला उच्चशिक्षाका लागि आउने र काम गर्ने गरेका थिए । तर अहिले केअर गिभर राम्रो भएपछि कृषि विद्यार्थीह ल्याउन थालिएको छ । साना किसान विकास बैंकको विद्यार्थीहरुको अभियान आरम्भ गरिएको छ । यो केअर गिभरहरु छन् । पाँच कलेजहरुमा पाँच सयको हाराहारीमा १८, १९ जिल्लाबाट आउने गरेका छन् । लर्न एण्ड अर्न कार्यक्रममा नेपालीहरु आउने गरेको छ । जुन जुन स्थानमा कृषि कलेज छ त्यहा गएर काम गरेको हुन्छ । कृषकले तोके बमोजिमको पैसा पनि दिने गरेको छ । १२ सय जतिले काम गरेर फर्केका छन् । कमाएको रकम पनि लैजाने र नेपालमा कृषि पेसा गर्न सकोस भन्नेमा लागेका छौ । कृषि विकास बैंक र सरकारले सहयोग गरेको खण्डमा उनीहर सफल हुनेछन । साना किसान विकास बैक, इजारयली दूतावास, परराष्ट्र मन्त्रालयको जोडमा यो काम अघि बढेको हो ।
भूकम्पपछिको इजारायलले गरेको सहयोगलाई कसरी लिनु भएको छ ?
नेपालमा भूकम्प गएको जानकारी पाएपछि कतिपयले आफै सम्पर्क गरे कतिलाई हामीले खवर गर्यौ । सरकारले दातृ राष्टको सहयोग अपेक्षा गरेको थियो । त्यो कुरा भन्ने वित्तिकै सकारात्मक धारणा पाए । उनीहरु तुरुन्तै फिल्ड अस्पताल र उद्धार टोली लिएर विशेष विमान लिएरु काठमाडौं लागे । फिल्ड अस्पताल खोले । सहयोग गरे । यसले पनि सम्वन्धलाई निकट बनाएको छ । इजरायलसँग हाम्रो सम्वन्ध सकारात्मक छ । नेपाल र इजरायलको पुरानो सम्वन्ध घचघच्याउन भने पर्नेछ ।
इजरायलबाट पर्यटक भित्र्याउने सम्भावना कस्तो छ ?
नेपाल विश्वकै अग्लो शिखर सगरमाथको देश यो विश्वको होचो भुभाग डेड सिको देश । कार्यक्रम गरेर समन्वयकारी काम हुदा इजरायली मात्र होयन विदेशीलाई समेत नेपाल तान्न सकिन्छ । यसमा हामीले काम पनि गर्यौ । डेड सिमा सगरमाथाको ढुंगा राखेर मोमेन्टम बनाउने काम गऱ्यौ । हुलाक टिकट निकालेका छौ । विभिन्न कार्यक्रम गर्ने गरेका छौ । यसले सकारात्मक सन्देश दिएको छ । तर पर्यटन मुलुकको आन्तरिक स्थायीत्वले पनि काम गर्छ । अन्नपूर्णको हिम पहिरोमा परेर निधन भएपछि इजरायलीलाई सम्झाउन गाह्रो भएको थियो । तर म आफै मृतकको घर घरमा पुगेर सम्झाउने काम समेत गरे । उनीहरु अग्रिम सुचना, मौसमको भविष्यबाणी किन गरिएन भन्नेमा छन । त्यसपछि उनीहरले पनि विभिन्न समयमा अध्ययन गरेर त्यसमा अहिले सोच परिवर्तन हुदै गएको छ । केही समय न्युन थियो । तर अहिले पर्यटन बढेको छ । इजरायली आफै पनि घुम्नेमा पर्छन । युवाहरु खर्चगर्न डराए पनि अघिल्लो पुस्ता खर्चमा निकै अगाडी छन ।
नेपालको राजनीतिका चासो कत्तिको छ ?
इजरायलीहरु विश्वमा नै कुशल ब्यपारि भनेर चिनिएका छन । विजनेस गर्ने विषय भएकाले होला नेपालमा राजनीतिक स्थायीत्व होस भन्ने चाहना बाहेक अन्य चाहना मैले चार बर्षमा पाइन । कसको सरकार के छ कस्तो छ भन्नेमा महत्व नै दिएको पाइन । संविधानको विषमया के कस्तो भन्नेमा चासो छैन । तर बुझ्ने गरेका छन । अध्ययनमा यिनीहरु निकै अगाडी छन ।
उच्च शिक्षा अध्ययनका लागि नेपालीहरु छन होलन् नि ?
२० देखि २५ जना विद्यार्थी रहेका छन ।सबै पाविधिक फिल्डमा छन । कृषि पश्लिक हेल्थ, हिब्रु विश्वविद्यालय, टेक्नियन विश्वविद्यालयमा छन । यो आफ्नै प्रयासले आएका हुन । शैक्षिक सम्झौता गर्ने भेनर काम भएको छ । त्यो भयो भने धेरै विद्यालयलाई खोज्न लाग्नेछ । हामीले सास्कृतिक योजना छोड्ने छ । कति हुन्छ । आफ्नै तवरवाबट आएको हो । मासाप(इजरायल एजेन्सी फर इन्टरनेसनल कोअपरेसन) भन्ने संस्था छ त्यो अन्तरगत पनि नेपालीहरु पनि आउनेछ । हप्ता तीन हप्ता आउने गरेको छ । त्यसमा रिफ्रेसर कोर्ष दिने गरेको छ । त्यसमा आउनेलाई पनि ४०-४५ दिन आउने हो । राजदूत को कुरामा छ । म ज्यादै खुशी भए । सबैलाई लिस्टमा राखेको हुन्छ ।
नेपाल र इजरायलबीच दुईपक्षीय संयन्त्र बन्ने विषय कहाँ पुग्यो ?
धेरै क्षेत्रमा बाइलेटरल मेकानिजम गर्ने विस्तार गर्न सकिन्छ भनने लागेको हो । यो विषयमा पनि कुरा उठेको हो । २००८ सालमा नै गर्ने भनिए पनि अहिले सचिव स्तरीय हस्ताक्षेर भएर एक एक बर्षमा बैठक हुने र आएमहरुमा छलफल गर्ने फोरम बन्नेछ । यसमा काम हुने देखिएको छ । उपप्रधानमन्त्री कमल थापा र सचिव शंकर बैरागीको भ्रमण यसकै लागि हो । बुधबार हस्ताक्षर हुनेमा म विश्वस्त छु । यो ठूलो गेट वै हो । एजुकेसन कल्चरल एग्रिमेन्टमा काम भइरहेको छ । विभिन्न एजेन्सीहरुमार्फत पास गर्नुपर्ने हुन्छ । १९६० मा सम्वन्ध कायम भयो । १९६१ दुतावास खोलेको भएपनि हामीले २००७ मा स्थापना गरेका हौं । सम्वन्धलाई निकट ल्याउन पनि संयन्त्र आवश्यक छ ।

###
0 comments
Write Down Your Responses