११ मा भर्ना पाउन विषयअनुसार यस्ता छन् बन्धन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, २ असार एसएलसी सकेका विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुन विषयअनुसार ग्रेडिङको आधार तोकिएको छ ।
शिक्षा मन्त्रालयले कक्षा ११ मा पढाइ हुने विषयका आधारमा १२ समूह बनाएर न्यूनतम ग्रेड प्वाइन्ट एभरेज (जिपिए) र विषयअनुसारको न्यूनतम ग्रेड तोकेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
एसएलसीमा कम्तीमा १.६ ग्रेड प्वाइन्ट एभरेज ९जिपिए० हुने र अंग्रेजी विषयमा कम्तीमा डी प्लस ल्याउने विद्यार्थी अरु विषयमा डि वा इ ल्याए पनि कक्षा ११ मा भर्ना हुनबाट बञ्चित नहुने शिक्षा मन्त्रालयले जनाएको छ ।
तर, कमजोर ग्रेड भएका विद्यार्थीले रोजेको विषय पढ्न पाउने छैनन् । साइन्सका लागि न्युनतम जिपिए २।० हुनुपर्ने र बिभिन्न विषयको न्युनतम ग्रेड फरक निर्धारण गरिएको छ ।
उच्च माध्यमिक शिक्षा परिषद र सिटिइभिटिसंग छलफल गरी शिक्षा मन्त्रालयले कक्षा ११ मा भर्ना पाउने आधार बुधबार तय गरेको हो । परिषदका उपाध्यक्ष चैतन्य शर्माले ‘स्पेशिफिक’ भएर भर्नाको आधार तोकिएको बताए ।
एस एल सी को रिजल्ट कसरि हेर्ने साथै सर्टिफिकेट अनलाइन बाटै कसरि हेर्ने ? यस्तो छ तरिका , हेर्नुहोस भिडियो =>
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z