पशुपति फुड्सका मिठाइ प्रदूषित, आँगनसहितका मिठाइ पसलमा खान ‘रिस्क’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
त्रिपुरेश्वरको आँगन मिठाइ पसलमा पाइने मिठाइ खान अयोग्य भएको सरकारी अनुगमन टोलीले निष्कर्ष निकालेको छ। पाटन औद्योगिक क्षेत्रमा रहेको आँगनका लागि मिठाइ उत्पादन हुने पशुपति फुड्स प्रालिको उत्पादन स्थल फोहोर र प्रदुषित भएको भन्दै आँगनको मिठानमा जोखिम रहेको अनुगमन टोलीका हस्त राईले बताए।
मन्त्रीसहितको अनुगमन टोलीले बुधबार पाटन औद्योगिक क्षेत्रमा रहेको पशुपति मिठाइ उद्योगमा मिठाइ बन्ने ठाउँमा कामदारले मास्क, एप्रोन नलगाइ बनाउने गरेको, हात धुने पानी फोहोर रहेको, किचनमा ढल मिसिएको, घ्यु तथा वरिपरि झिँगा भन्किरहेको फेला पारेको हो।
भान्सामा काम गर्ने कर्मचारीहरुले हात नै नधोइ मिठाइ बनाउने गरेको पनिअनुगमनका क्रममा फेला परेको छ । हात धुनका लागि कर्मचारीलाई सफा पानीको व्यवस्था नै गरेको नपाइएको अनुमगनमा संलग्न आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए।
२०६४ सालमा उद्योग दर्ता भएपनि कम्पनीले अहिलेसम्म नवीकरण गरेको छैन। यस्तै किचनमा जथाभावि परागका प्याकेट भेटिएको र कामदारलाई सफा रहनेबारे केही ज्ञान नभएको अनुगमन टोलीले फेला पारेको छ।
अनुगमन टोलीले पशुपति फूडलाई सात दिनभित्र आफूसँग भएको कागजपत्र आपूर्ति व्यवस्थापन विभागमा पेश गर्न निर्देशन दिएको छ। साथै टोलीले मजदुरहरुको सुरक्षा र सरसफाई लगायत किचन सररफाइ गर्न निर्देशन दिएको छ।
पशुपति फुडस प्रालीले आलुचिप्स समेत खुल्ला आकाशमै बनाएको फेला पारेपछि यसलाई पनि सुधार गर्न निर्देशन दिँदै ल्याब परीक्षणको लागि नमुना संकलन गरेको छ। विभागका निर्देशक लक्ष्मण श्रेष्ठले अब ल्याबको नतिजा आएपछि कारबाही प्रक्रिया अगाडि बढाउने बताए।
पशुपतिले उत्पादन गरेका मिठाइहरू आँगन रेष्टुरेन्टमा जाने गरेको छ।
अनुगमन टोलीले सात दिनभित्र सरसफाइ गर्न पशुपति फुड्सलाई निर्देशन दिएको छ।
अनुगमन आपुर्ति व्यवस्थापन विभाग तथा उपभोक्ता हित मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय ललितपुर र काठमाडौंले संयुक्त रूपमा गरेको थियो।
झिंगा परेको घिउ हालेर मिठाइ बनाउने (भिडियोसहित)

###
0 comments
Write Down Your Responses