बन्दकर्ताको मृत्यु, सहिद घोषणा गर्न माग (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जनकपुर, पौष २८ । जनकपुरमा बन्दका क्रममा एकजनाको ‘हृदयाघात’बाट मृत्यु भएको छ ।


एमाओवादीसहितको मोर्चाले सोमबार आह्वान गरेको बन्दका क्रममा बजार बन्द गराउन जानकी मन्दिरबाट सुरु भएको जुलुसमा सहभागी राजाराम झाको मृत्यु भएको हो । भमरपुरा चोकमा पसल बन्द गराउनेक्रममा उनी एक्कासी ढलेका थिए ।

जुलुस पछाडि रहेको प्रहरीको गाडीले तत्कालै उद्धार गरी जनकपुर अन्चल अस्पताल पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । प्रहरीले हृदयाघातबाट झाको मृत्यु भएको बताएको छ । झाको शव पोस्टमार्टमका लागि जनकपुर अन्चल अस्पतालमा राखिएको छ ।

आन्दोलनकारीले भने झडपका क्रममा झाको मृत्यु भएको दाबी गर्दै उनलाई सहिद घोषणा गर्न माग गरेका छन् । उनीहरुले अनिश्चितकालीन जनकपुर बन्द घोषणा पनि गरेका छन् ।

###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z