ओमानसँग वर्षाले नतिजारहित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं- विश्व ट्वान्टी–२०छनोटअघि नेपाल र ओमानबीच सोमबार भएको अभ्यास खेल वर्षाका कारण नतिजारहित बनेको छ। बिहीबारआयरल्यान्ड र स्कटल्यान्डमा विश्व ट्वान्टी–२०छनोट प्रतियोगिता सुरु हँदैछ। सोमबार आयरल्यान्डको स्टोरमोन्ट बेलफास्टमा नेपालले१ सय २६ रनको लक्ष्य पछ्याउने क्रममा खेल वर्षाका कारण रोकिएको थियो।
ओमानले १६.३ ओभरमा ४ विकेट गुमाई १ सय १५ रन बनाउँदा वर्षाका कारण अम्पाएरलेपहिलोपल्ट खेल रोक्ने निर्णय गरेका थिए। केहीबेर रोकिएपछि 'डर्कवर्थ लुइस' को आधारमा नेपालले १६ ओभरमा १ सय २६ रनको लक्ष्य पायो। तर, नेपालले तीन बलमा ६ रन जोड्दा पुनः वर्षा भएपछि खेल रोकिएको थियो।
नेपालका ओपनर सुवास खकुरेलले ओमानका मुनिज अन्सारीको बलमा ५ रन बनाए। अर्का ओपनर सागर पुनले १ बल सामना गरेका थिए।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ओपनर जिसन मक्सुदले ४४ रन बनाउँदै ओमानको स्कोर माथि उठाएका थिए। जिसनले ३१ बलमा ४ चौका र ३ छक्का हान्दै नेपाली बलरलाई दबाब दिएका थिए। उनी शक्ति गौचनको बलमा सोमपाल कामीबाट क्याचआउट भए। ओमानका वैभव वाटिगोनकरले २३, खवार अलीले २२ र जितन्दर सिंहले १४ रन बनाए। वाटिगोनकरलाई नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल र वैभवलाई जितेन्द्र मुखियाले पवेलियन पठाए।
नेपालका अनुभवीबायाँहाते स्पिनर शक्तिले ३ ओभरमा २१ तथाज्ञानेन्द्रले १.३ ओभरमा ८ रन खर्चेका थिए। अलराउन्डर सागरले ४ ओभरमा २८ र जितेन्द्रले २ ओभरमा ८ रन दिएका थिए।
सोमबारै भएका अन्य अभ्यास खेलमा हङकङले नेदरल्यान्ड्सलाई ९ रनले हराउँदा स्कटल्यान्डले नामिबियामाथि ६ विकेटको विजय पायो। पपुवा न्युगिनीले डर्कवर्थ लुइसका आधारमा केन्यालाई १० रनले हरायो।
नेपालले मंगलबार युनाइटेड अरब इमरेट्स (युएई)सँग दोस्रो अभ्यास खेल खेल्नेछ। दोस्रो अभ्यासपछि नेपालले जुलाई १० मा विश्व ट्वान्टी–२० छनोटको पहिलो खेलमा अमेरिकाको सामना गर्नेछ।
नेपाल रहेको समूह 'ए' मा सहआयोजक आयरल्यान्ड, हङकङ, पपुवा न्युगिनी, नामिबिया र जर्सीसँग छन्। समूह 'बी' मा अर्को सहआयोजक स्कटल्यान्ड, अफगानिस्तान, युएई, नेदरल्यान्ड्स, क्यानडा, केन्या र ओमान छन्।
छनोट क्रिकेटबाट ६ टोली भारतमा अर्को वर्ष हुने आइसिसी विश्व ट्वान्टी–२० क्रिकेटलाई छानिन्छन्।

###
0 comments
Write Down Your Responses