मुख्य सचिवमा तीन प्रतिस्पर्धी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं- लीलामणि पौड्यालले एक महिनापछि अनिवार्य अवकाश पाएर रिक्त हुने मुख्य सचिव पदका लागि तीन सचिवबीच प्रतिस्पर्धा देखिएको छ। मुख्य सचिव पौड्यालले साउन २३ गते ३ वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाउँदैछन्। उनको ठाउँ लिन सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतम, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा. सोमलाल सुवेदी र उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनालबीच प्रतिस्पर्धा देखिएको हो।
मुख्य सचिवका दाबेदार तिनै जना एकै दिन अर्थात २०६७ चैत ३० गते सचिवमा बढुवा भएका थिए। प्रचलनअनुसार हालका मुख्य सचिव पौड्याल अवकाश पाउनु केही दिनअघि नै बिदा बस्नेछन्। उनी बिदा बसेको दिनदेखि नै मन्त्रिपरिषद बैठकले भावी मुख्य सचिवका रूपमा तीनमध्ये एक जनालाई कामु मुख्य सचिवको जिम्मेवारी तोक्नेछ।
निजामती सेवा ऐनमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिव पदमा बहालवाला सचिवमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताका आधारमा छनोट गरी बढुवा गर्ने व्यवस्था छ। तर, प्रक्रिया मिचेरै भए पनि शिक्षा सचिव विश्वप्रकाश पण्डितसमेत मुख्य सचिव बन्ने दौडमै छन्।
तीन प्रतिस्पर्धीमध्ये सहकारी सचिव गौतम मुख्य सचिव बने २०७३ साउन १६ गते ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाउनेछन्। उनी मुख्य सचिवमा बढुवा नभए २०७२ चैत ३० गते ५ वर्षे सचिवको कार्यकाल पूरा गरी अवकाश पाउनेछन्।
३५ वर्ष निजामती सेवामा बिताएका गौतम २०३६ चैत २२ मा निजामती सेवामा प्रवेश गरेका थिए। अधिकांश समय हुलाक सेवामा बिताएका उनीसँग सचिव बनेपछि सञ्चार मन्त्रालय, नेपाल ट्रस्ट र गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव छ। गौतम निर्णय क्षमतामा भने कमजोर रहेको जानकारहरू बताउँछन्। यसअघि समयमा निर्णय नगरेर विदेशी लगानीकर्तालाई हतोत्साही बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष भदौमा महत्वपूर्ण जिम्मेवारी नदिन सरकारलाई निर्देशन दिएको थियो। अख्तियारको पत्रपछि मन्त्रिपरिषद बैठकले गौतमलाई सचेत गराएको थियो। उनी आर्थिक मामिलामा भने विवादास्पद देखिएका छैनन्।
मुख्य सचिवको बलियो दाबेदारका रूपमा रहेका सोमलाल सुवेदी लामो समय स्थानीय विकास मन्त्रालयमा काम गरेका व्यक्ति हुन्। ३४ वर्ष निजामती सेवामा बिताएका उनी २०३८ जेठ ९ गते सहलेखापालबाट निजामती सेवामा प्रवेश गरेका थिए। २०४६ मा अधिकृतमा बढुवा भएका उनले लामो समय अर्थ मन्त्रालयको वैदेशिक सहयोग महाशाखामा रहेर काम गरे। २०५३ मा उपसचिव भएपछि उनी सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग हुँदै स्थानीय विकास मन्त्रालयअन्तर्गत विभिन्न जिल्लामा एलडिओका रूपमा काम गरे। उनी २०५९ मा सहसचिवमा र २०६७ चैत ३० मा सचिवमा बढुवा भएका हुन्। वित्तीय विकेन्द्रीकरणमा पिएचडी गरेका उनले मन्त्रिपरिषद बैठक शाखामा सचिव र सहसचिव हुँदा अनुभव सँगालेका छन्। प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको सचिव हुँदै उनी पछिल्लोपल्ट राष्ट्रिय योजना आयोगबाट स्थानीय विकास मन्त्रालयमा सरुवा भएका थिए। उनले स्थानीय विकास मन्त्रालयमा सहसचिव हुँदा केही सुधारका काम समेत गरे। सचिव हुँदा राजनीतिक रूपमा नदेखिएका उनी सचिव भएपछि भने कांग्रेसनिकट रहेको बताइन्छ। हालका सचिवमध्ये उनलाई कडा स्वभावको मानिन्छ। आफू मुख्य सचिव भए व्यावसायीक र उत्तरदायी प्रशासनमा जोड दिने सुवेदीले बताए। 'भूकम्पपछिको पुनर्निर्माणका साथै व्यावसायिक र उत्तरदायी प्रशासन बनाउने र कर्मचारीमा काम पर्ने पद्धति बसाल्ने मेरो प्रमुख जोड रहनेछ,' उनले नागरिकसँग भने 'केन्द्रबाट प्रवाह हुने सेवालाई स्थानीयकरण र संविधानको मर्मअनुसार कार्यक्रम लागू गर्नुपर्छ भन्ने मेरो मुख्य मान्यता हो।'
मुख्य सचिवका अर्का प्रत्यासी जयमुकुन्द खनाल २०४३ जेठ ११ मा निजामती सेवामा मुखियाका रूपमा प्रवेश गरेका थिए। झन्डै २९ वर्ष निजामती सेवामा बिताएका उनी २०४५ मा सुब्बामा बढुवा भएका थिए। २०४९ मा शाखा अधिकृतमा बढुवा भएपछि हुलाक सेवामा काम गरेका उनी २०५९ मा सहसचिव भए। सहसचिव भएपछि लामो समय गृह मन्त्रालयमा बसेर विभिन्न जिल्लामा सिडिओको अनुभव सँगालेका उनी २०६७ चैत ३० मा सचिवमा बढुवा भए। सचिव भएपछि उनले क्षेत्रीय प्रशासक, नेपाल ट्रस्ट, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कृषि मन्त्रालयमा सचिवका रूपमा काम गरेका थिए। छ महिनाअघि कृषि मन्त्रालयबाट उद्योग मन्त्रालयमा सरुवा भएका उनलाई 'निकै कम बोल्ने' सचिवका रूपमा लिइन्छ। एमालेनिकट मानिने खनालले पछिल्लोपल्ट वामदेव गौतम गृहमन्त्री भएपछि गृह मन्त्रालय जाने इच्छा देखाएका थिए, तर रोकेर उनलाई उद्योगमा सरुवा गरिएको थियो। खनालले आफू मुख्य सचिव भए सुशासन कार्यान्वयनमा जोड दिने बताए। 'गभर्नेन्स सुधार्नुमै मेरो मुख्य जोड रहनेछ,' खनालले नागरिकसँग भने।
शिक्षा सचिव विश्वप्रकाश पण्डित भने वरिष्ठता मिचेरै मुख्य सचिव हुने, नभए गौतमलाई बनाएर उनको पदावधि सकिएपछि आफ्नो पालो आउने भन्दै विभिन्न ठाउँमा लबिङ गरिरहेका छन्। निजामती किताब खानाको रेकर्डअनुसार २०६८ साउन ११ मा सचिवमा बढुवा भएका पण्डितले २०७३ साउन ११ गते अवकाश पाउनेछन्। कांग्रेसनिकट पण्डितलाई प्रधानमन्त्री सुशील कोइरालाले यसअघि अर्थ मन्त्रालय सरुवा गर्न खोजेका थिए। तर, अर्थमन्त्री रामशरण महत नमानेकाले रोकिएको थियो। उनी क्रसर व्यवसायी पनि हुन्।
साउन तेस्रो साताभित्रै नयाँ सरकार परिवर्तन हुने या नहुनेमा मुख्य सचिव को बन्छ भन्ने कुरा निर्भर रहेको जानकारहरू बताउँछन्। 'मुख्य सचिव सरकारको प्रशासकीय प्रमुख हो,' मन्त्रिपरिषद सम्बद्ध एक उच्च अधिकारीले भने, 'यही सरकार रह्यो भने योग्यता पुगेका प्रतिस्पर्धीबीच आफूनिकट मान्छेलाई मुख्य सचिव बनाइन्छ, सरकार फेरियो भने व्यक्ति अर्कै हुन सक्छ।' सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि मुख्य सचिव सरकारको प्रमुख प्रशासकीय पद भएकाले प्रधानमन्त्रीलाई सहज हुने र योग्यता पुगेको मध्येबाटै मुख्य सचिव बन्ने बताए।

###
0 comments
Write Down Your Responses