एनसेललाई टक्कर दिन एनटिसीले ल्याउँछ त यस्तो ‘योजना’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
२२ असार, काठमाडौं।
देशको दुई ठुला दुरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलबीच चर्को प्रतिष्पर्धा छ। मोबाइल फोनमा ग्राहक आकर्षण गर्ने हानथाप गरिरहेका दुवै कम्पनी प्रतिदिन नयाँ नयाँ अफर लिएर आउने गरेका छन्।
एनसेलको प्रयोगकर्ता हुनु हुन्छ भने तपाईलाई एनसेलको एउटा चर्चित सुविधा पक्का थाहा हुन पर्छ। त्यो हो सापटी सुविधा। यति तपाईसंग पैसा सकियो भने पनि एनसेलबाट रु २० सापटी लिन मिल्छ।
हो त्यस्तै सुविधा नेपाल टेलिकमका प्रयोगकर्ताले पनि माग गरिरहेका थिए। अब नेपाल टेलिकमले यो सुविधा दिन लागेको बजारमा चर्चा छ। टेलिमकले यसका बारेमा आधिकारिक धारणा सार्वजनिक त गरेको छैन् तर अनौपचारिक रुपमा कुरा बुझ्दा यस्तो अफर आउन सक्ने बताइएको छ।
नेपाल टेलिकमले सापटीको व्यवस्था गरेको खण्डमा रु ५० सम्म सापटी लिन पाउने र सापटी लिएकर रकम अर्को पल्ट रिचार्ज गरेको रकमबाट काटिने संभावना रहेको बताइन्छ। यो सुविधापछि हाल भएका प्रयोगकर्ता कायम रहने र केही एनसेलका प्रयोगकर्ता समेत तान्न सक्ने आँकलनमा नेपाल टेलिकमले यस्तो गर्न लागेको चर्चा छ। हाल सापटीको सुविधा दिइहेको एनसेलबाट सापटी लिने तरिका भने यस्तो छ..
एनसेलको प्रिपेड सिममा ब्यालेन्स रु २ वा २ भन्दा कम हुदाँ एनसेलको सापटी सुविधा लिन सकिन्छ। *9988# नम्बर डायल गरेपछि एनसेलले २० रुपैँया सापटी दिन्छ। जब फेरि ब्यालेन्स रिचार्ज गिरन्छ तब यो सापटीको रकम नयाँ ब्यालेन्सबाट काटिने गरेको छ। यो सापटीको रकमको संगै २ रुपैया (कर बाहेक) पनि सर्भिस चार्ज अन्तर्गत नयाँ ब्यालेन्सबाट काटिन्छ।

###
0 comments
Write Down Your Responses