७५ वर्षीय प्रेमीको ३५ वर्षीया प्रेमिकासँग बिहे
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एजेन्सी : प्रेम गर्ने कुनै उमेर हुँदैन । यसको पछिल्लो उदाहरण भारतको बिहारबाट सार्वजनिक भएको छ ।
बिहारको समस्तीपुरको विद्यापति धाम मन्दिरमा ७५ वर्षीय एक प्रेमीले आफ्नी ३५ वर्षीया प्रेमिकासँग वैवाहिक बन्धनमा बाँधिएका छन् ।
पुलिसका अनुसार समस्तीपुरको जोडा बजार निवासी रामचन्द्र पासवानको अर्को गाउँमा रहने मन्धाता देवीसँग लामो प्रेमसम्बन्ध रहेको थियो ।
उनीहरु दुबैले प्रेमसम्बन्धलार्इ जीवनसाथीमा परिणत गर्ने निर्णय गरी विवाह बन्धनमा बाँधिएका हुन् ।
बुधवार दुबैजना विद्यापतिधाम पुगेर भगवानलार्इ साक्षी राखी बैबाहिक बन्धनमा बाँधिए ।
वृद्ध रामचन्द्रको यो चौथो बिहे हो । अर्कातिर मन्धाता तेस्रो पटक नयाँ दाम्पत्य जीवनको शुरुवात गरिन् ।
उमेरले ४० वर्षको अन्तर रहेका यी जोडीको बिहेको प्रसंगले भारतीय सञ्चारमाध्यममा चर्चा पाइरहेको छ ।

###
0 comments
Write Down Your Responses