मधेसी मोर्चाको निर्णयको प्रधानमन्त्री ओलीद्धारा स्वागत, माग सम्बोधन गर्ने प्रतिबद्धता
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलन फिर्ता लिने मधेसी मोर्चाको निर्णयको स्वागत गर्नुभएको छ ।
सोमबार अपराह्न प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी मोर्चाले नाका अवरोध, आम हडताल र सरकारी कार्यालय बन्द तत्कालका लागि स्थगित गर्न गरेको निर्णयलाई ओलीले सकारात्मक रुपमा लिनुभएको उल्लेख छ ।
प्रधानमन्त्रीले भन्नुभएको छ– संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आजको बैठकले गरेको निर्णयलाई मैले सकारात्मक रुपमा लिएको छु । हाललाई मोर्चाले “आम हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्दलाई तत्कालका लागि स्थगित गर्ने” भनी गरेको निर्णयको म स्वागत गर्दछु ।
उहाँले मुलुकका समस्याहरुको हामी सबैले मिलेर समाधान गर्न आवश्यक छ भन्नुभएको छ । ‘जे जति विवाद र असहमतिका विषय छन्, ती वार्ता र सम्वादबाटै हल गर्न सकिनेमा म विश्वस्त छु । र, त्यस निम्ति म सम्बन्धित सबैमा आग्रह गर्दछु,’ उहाँले भन्नुभएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z