कांग्रेस सभापति सुशील कोइरालाको निधन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कांग्रेस सभापति सुशील कोइरालाको निधन
काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ ।
सभापति कोइरालाको सोमबार मध्यराति १२ बजेर ५० मिनटमा निधन भएको हो ।
उहाँको निधनको कारण खुलेको छैन । स्रोतका अनुसार सभापति कोइरालालाई केही दिनदेखि निवासमा अक्सिजन दिएर राखिएको थियो ।
काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा कोइरालाको निधन भएको कांग्रेस नेता डा.शेखर कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले जनाएका छन् । उहाँको निधनका विषयमा धेरै जानकारी आइसकेको छैन ।
यसैबीच, कोइरालाको निधनको खरबर थाहा पाउनेवित्तिकै कांग्रेसका शुभेच्छुक, आफन्त र नेताहरू महाराजागञ्ज जान थालेका छन् । कोइराला निवासमा मध्यरातिदेखिनै भिड लागेको छ ।

###
0 comments
Write Down Your Responses