फेरी सुनको भाउ बढ्यो,एक सातामा १५ सयले महँगियो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
यो साता सुन प्रतितोला १५ सय रुपैयाँले महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार मात्रै प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो। यो मूल्य बढेसँगै सुनको भाउ ५६ हजार ५ सय रुपैयाँमा कायम भएको छ।

गत साताको शुक्रबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको सुन आइतबार ५४ हजार ८ सय, सोमबार ५४ हजार ९ सय, मंगलबार ५५ हजार १ सय, बुधबार ५५ हजार २ सय, बिहिबार ५५ हजार ३ सय हुँदै शुक्रबार ५६ हजार ५ सय रुपैयाँमा कारोबार भयो।


चाँदी पनि यो साता प्रतितोला २५ रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला ७ सय ७५ रुपैयाँ रहेकोमा हिजो शुक्रबार प्रतितोला ८ सय रुपैयाँमा चाँदीको कारोबार भयो।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने अपेक्षा गरेका लगानीकर्ताहरु, सोअनुरुप नभएपछि सुनमा आकर्षित भएका हुन्। यसले गर्दा सुन महँगिन पुगेको हो। सुनको मूल्य अझै केही महँगिन सक्ने अनुमान गरिएको छ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z