दार्जीलिङलाई अधिकार नदिने दिल्लीले मधेसीलाई दिँदैनः विप्लव
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
७ जेठ, काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले मधेस र जातीय पहिचानका विषयमा आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् । साथै उनी भारतविरुद्ध पनि कडा रुपमा खनिएका छन् ।
भारतले गोर्खाल्याण्ड माग्ने नेपाली भाषीलाई दमन गरेर नेपालका मधेसीहरुको अधिकारको कुरा गर्न नसुहाउने विप्लवको तर्क छ । ‘भारतमा नेपालीभाषीहरुले गोर्खाल्याण्ड मागेको कति वर्ष भयो ? आफ्नो अधिकार माग्ने जनतामाथि उसले दमन गर्छ अनि मधेसीलाई मुक्ति दिन्छ ?’ विहीबार खुल्लामञ्चमा आयोजित कार्यक्रममा विप्लवले भने, दिल्लीले मधेसीलाई मुक्ति दिन्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम मात्रै हो, पहाडी दलाललाई च्यापेर दिल्लीले मधेसीलाई दुःख दिएको छ, दिल्लीले नेपाली जनतालाई माया गर्दैन । भारतले मधेसीलाई साथ दिँदैन, दिल्लीको नीति काठमाडौंलाई आफूमा लिने हो ।’
मधेसको अधिकारको कुरा गर्ने भारतले आफ्नै देशका बिहारी जनतालाई अधिकार नदिएको विप्लवले बताए । भारतले पहाडे र मधेसीका नाममा नेपाली जनतालाई फुटाउन चाहेको उनले आरोप लगाए ।
माओवादी नेता विप्लवले मधेसी र पहाडी अनि जनजाति र क्षेत्रीबाहुनका नाममा ‘दलाल राज्यसत्ता’ले नेपाली जनतालाई फुटाउन खोजेको आरोप लगाए । उनले मधेस, पहाड र हिमालका सबै जनताले एकतावद्ध भएर दलाल राज्यसत्ताविरुद्ध जनगणतन्त्र स्थापनाका लागि लाग्नुपर्ने बताए ।
‘हामी जातीय क्षेत्रीय दंगामा पर्नुहुँदैन, मधेसी पहाडी जनता एक भएर दलाल राज्यसत्ता विरुद्ध लाग्नुपर्छ । सबैले राज्यसत्तामा अधिकार पाउनुपर्छ, जनतालाई आपसमा लडाउने धार्मिक दंगा एवं क्षेत्रीयता र जातीयतामा हामी फस्न हुँदैन । माओवादीको नीति पनि यही नै हो ।’

###
0 comments
Write Down Your Responses