विमानस्थलमा दुईटा कन्भेयर बेल्ट थपिए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
वैशाख २४, २०७३- ब्यागेज ओसार्दा हुने ढिलाईका कारण अन्तर्राष्ट्रिय स्तरमै छवि बिग्रेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि दुइटा कन्भेयर (ब्यागेज ओसार्ने ) बेल्ट थपिएका छन् ।

लामो समयदेखि दुइटा पुराना र थोरै क्षमता भएका बेल्टका कारण नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको छवि बिग्रिएको थियो । विदेशबाट नेपाल आइपुगेपछि ब्यागेज लिन बढीमा चार घन्टासम्म यात्रुहरुले कुर्नुपर्ने अवस्था  अन्त्य हुने भएको छ ।

विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायका अनुसार शुक्रबार ६ बजेदेखि नयाँ थपिएका कन्भेयर बेल्ट सञ्चालनमा ल्याइने भएका छन् । पर्यटनमन्त्री आनन्द पोखरेलले त्यसको उद्‍घाटन गरेका छन् ।

भुकम्पअघि नै सञ्चालनमा आइसक्नु पर्ने बेल्ट भुकम्प र त्यसपछि भारतले लगाएको अघोषित आर्थिक नाकावन्दीका कारण जडान हुन सकेका थिएन । नाकावन्दीका कारण कन्भेयर बेल्ट भारतको कोलकता पोर्टमा थन्किए । नाकावन्दी खुलेपछी मात्रै यस्लाई जोड्ने जिम्मा पाएको स्पेनिस कम्पनी सान्जोसेले काम पुन सुचारु गरेको थियो । यी दुई बेल्ट जडानको लागत मात्रै करिब ४ करोड रहेको भनिएको छ ।

विमानस्थलले अब यात्रुले आफ्नो लगेज ४५ मिनेटभित्र पाउने दाबी गरेको छ । अन्तर्राष्ट्रिय उड्डयन नियम अनुसार यात्रुले विमानस्थलमा ४५ देखी ५० मिनेटभित्र लगेज पाइसक्नु पर्छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z