करिश्मालाई अमेरिकाबाट छोरीले सोधिन्- आमा राष्ट्रिय बेइज्जत गरेउ रे !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
१ असार, काठमाडौं ।
गत आइतबार काठमाडौंको दशरथ रंगशालामा नयाँ शक्तिको घोषणा सभाको उद्घोषण गरेपछि करिश्मा मानन्धरको धेरै नै आलोचना भएको छ । करिश्माको त्यो दिनको प्रस्तुतिका कारण उनको विषयमा विभिन्न नकारात्मक समाचार पनि बनेका छन् ।
करिश्माको उद्घोषण सन्नु रंगशाला पुगेकाहरुलाई उनले निराश पारिन् । नयाँ शक्तिको पहिलो सभाको उद्घोषक बनेकी करिश्माको पटक पटक जिव्रो चिप्लेपछि उनलाई नै समस्या पर्यो ।
सोही विषयमा विभिन्न मिडियामा बेइज्जत गरेको भनेर समाचार आएपछि करिश्माकी अमेरिकामा रहेकी छोरी कविताले समेत मम्मीलाई फोन गरेर राष्ट्रिय बेइज्जत गरेउ रे हो भनेर सोधेको करिश्माले फेसबुकमा स्ट्याटस नै लेखेकी छिन् ।
करिश्माले फेसबुकमा लेखेकी छिन्, “मेरो छोरी कबिता ले usa बाट बिहानै फोन गरेर सोधिन मामी के भयो तिमी ले देश कै बेइज्जत गरेउ रे .. अनि मैले भने छोरी मैले तिमी लाई जन्म दिएँ तर म चाई फेरि जन्मदै छु”
रंगशालामा नयाँ शक्ति घोषणा हुने दिन शुभकामना दिन उपस्थित भएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई “डा प्रदीप भट्टराई” भनेर मञ्चमा बोलाएकी करिश्मालाई प्रदीप गिरीले सुझाव दिए- “सुन्दरी करिश्मा जी ! न त म डाक्टर हो न त भट्टराई अगामी वक्ताको नाम पहिल्यै पढ्नुस् आउँदा हडवढाएर ठेस नलागोस्” ।
करिश्माले मञ्चमा कराते प्रस्तुत गर्न बोलाउँदा पनि भन्न विराइन् भने उनीहरुको कार्यक्रम प्रस्तुतीपछि बोल्न हड्बडाउँदै भनिन्- भाइहरुको उत्तेजना देखेर म…।
आमन्त्रित विदेशी अतिथिहरुको समेत उपस्थिती रहेको कार्यक्रममा कार्यक्रम सञ्चालनको सुरुमै अंग्रेजी बोल्न तम्सिएकी करिश्मा सुरुमै चिप्लिइन् । अर्का कार्यक्रम सञ्चालक पासाङ शेर्पाले नेपालीमा कार्यक्रमको सम्बोधन गर्दै गर्दा करिश्माले अंग्रेजी बोलिन् तर उनको उद्घोषणमा निकै गल्ती भेटिन्थ्यो ।
प्रधानमन्त्री केपी ओली साढे ३ बजे सभामा आउने जानकारी दिएकी करिश्माले भनिन् ‘चाँडै स्टेजमा आउँदै हुनुहुन्छ पीएम केपीजी ।’ ठीक ४ बजे कार्यक्रमस्थलमा प्रधानमन्त्री आइपुगेलगत्तै फेरि करिश्माले हतारिँदै भनिन् ‘हाम्रो प्राइम मिनिस्टर केपी ओलीज्यू यहाँ उपस्थित भइसक्नुभएको छ, उहाँहरुलाई गीभ हिम अ विग ह्याण्ड क्ल्याप फर हिम ।’
यस्ता विभिन्न गल्ती गरेपछि करिश्मालाई मिडियाले धज्जी उडाएका थिए । यसकै प्रसंगमा छोरीको फोन कलसँग जोडेर करिश्माले घुमाउरो शैलीमा भनेकी छिन् म बल्ल राजनीति सिक्दैछु ।

###
0 comments
Write Down Your Responses