तालिवानले दियो नेपालीमाथि फेरि आक्रमणको चेतावनी, नेपालीहरु तनावमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ, १२ असार । अफगानिस्तानमा १३ जना नेपालीको ज्यान गएको एक हप्ता नपुग्दै आतंकवादी संगठन तालिवानले नेपालीमाथि फेरि आक्रमणको चेतावनी दिएको छ।
तालिवानले भोलि (जुन २७) नेपालीमाथि ठूलो आक्रमण गर्ने धम्की दिएको हो । अफगानिस्तानथित इन्टेलिजेन्समार्फत नेपाली रहेका क्याम्प तथा सम्बन्धित कम्पनीहरुलाई यो सूचना दिइएको छ ।
यसअघि जुन २० तारिख सोमबारको दिन भएको हमलामा पनि तालिवानले नेपालीमाथि आक्रमणको पूर्वसूचना दिएको थियो । तर, त्यो धम्कीलाई क्यानेडियन दूतावास र साब्रे इन्टरनेशनलले लुकाएका कारण १३ जना नेपालीले ज्यान गुमाउनु परेको अफगानिस्तानबाट नेपाल फर्किएका नुवाकोटका आइसिंह तामाङले जानकारी दिए । उनका अनुसार, बेलायती लगानीमा संचालित साब्रे इन्टरनेशनल सेक्युरिटीमा कार्यरत नेपालीहरु पुनः तालिवानीको आक्रमणको सूचीमा छन्। स्राबे इन्टरनेशनलले अफगानिस्तानमा धेरै नेपालीलाई रोजगारी दिएको छ ।
गत सोमबारको आक्रमणपछि अफगानिस्तानमा नेपालीहरु कार्यरत कम्पनीमा सुरक्षा सतर्कता बढाइएको छ। अफगानिस्तानमा कार्यरतमध्ये अधिकांश नेपाली पूर्वसुरक्षाकर्मी छन् । उनीहरु नेपालमा सेना, प्रहरी तथा भारतीय सुरक्षाफौजमा जागिर खाएर फर्किएपछि धन कमाउन अफगानिस्तान पुगेका हुन् । नेपालीहरुले अफगानिस्तानको सुरक्षा व्यवस्थामा रक्षाकवचको भूमिका खेलेकाले नेपालीलाई तालिवानीले निशाना बनाउन थालेको बताइएको छ । अहिले मुस्लिम समुदायको रमादानको महिना चलेकाले पनि तालिवानीहरुले जतिसक्दो धेरै ‘शत्रु’ मारेर आफू पनि मर्ने भावनाले काम गरिरहेका छन् ।
गत सोमबार भएको आक्रमणपछि अफगानिस्तानमा कार्यरत नेपालीहरु निकै तनावमा परेका छन् । खासगरि, अवैधानिक रुपमा त्यहाँ पुगेका कामदारहरु सहजै घर फर्कने अवस्था छैन् । घर फर्कन चाहनेलाई कम्पनीले अनेक झमेला सिर्जना गरिदिएको नाम नबताउने शर्तमा एक नेपालीले बताए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z