प्रचण्डलाई चीनबाट आयो अर्काे सन्देश, ओली सरकार छाडे…
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
चिनियाँ सुरक्षा टोली पनि काठमाडौंमा
काठमाडौं, २६ असार । राष्ट्रिय सरकारका नाममा वर्तमान सरकारलाई ढालेर नयाँ सरकारको नेतृत्व लिन तम्सिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तरी छिमेकी चीनले कडा सन्देश पठाएको छ ।
चीनले केपी ओली नेतृत्वको सरकार दायाँबायाँ भए राम्रो नहुनेतर्फ ध्यानाकर्षण गराउँदै प्रचण्डलाई राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमण मितिसम्म यही सरकारलाई निरन्तरता दिन आग्रह गर्दै सन्देश पठाएको हो ।
आफै प्रधानमन्त्री बन्ने उद्देश्यका साथ सरकार परिवर्तनको कसरतमा लागिपरेका प्रचण्डलाई यतिबेला ओलीको विकल्प खोज्न नहुनेतर्फ पनि चीनले सचेत गराएको स्रोतले बतायो । सरकार परिवर्तन भए लामो समयपछि नेपाल आउन लागेका चिनियाँ राष्ट्रपतिको भ्रमण रद्द गर्नसक्ने संकेत पनि चिनियाँ अधिकारीहरुले गरेका थिए ।
एमालेका तर्फबाट केपी ओली सत्तामा आएपछि नेपालसँग नजिकिएको चीन र चीनतर्फ विशेष सम्बन्ध विस्तार गर्ने अभियानमा रहेका ओलीलाई तत्कालै हटाउन नहुने भन्दै चिनियाँ अधिकारीहरुले सरकार परिवर्तनको हल्लाका बीच प्रचण्डलाई भेटेरै बेइजिङको सन्देश सुनाएको स्रोतको दाबी छ ।
चिनियाँ राष्ट्रपति आउँदो असोजमा नेपाल भ्रमणमा आउने कार्यक्रम तय भैसकेको अवस्थामा वर्तमान सरकार परिवर्तन नहुनुपर्ने पक्षमा चीन छ । राष्ट्रपति सी को नेपाल भ्रमणसँगै नेपाल र चीनवीच विशेष महत्वका परियोजनाहरुमा सम्झौता हुने विश्वास गरिएको छ । खासगरी चीनले नेपालको भौतिक पूर्वाधार विकास र जलविद्युतमा लगानी गर्ने संकेत दिइसकेको छ ।
दोहोरो दबाबमा प्रचण्ड
Prachanda-xi
चीनले यसअघि माओवादी नेता कृष्ण महरालाई पनि वर्तमान सरकार तत्कालै परिवर्तन गर्नु उचित नहुने सुझाव दिँदै परिवर्तन भए नेपालमा संकट आउनसक्ने चेतावनी दिएका थिए । उक्त सुझावकाबीच सरकार परिवर्तनको प्रयास माओवादीका तर्फबाट बढेपछि चिनियाँ टोलीले प्रचण्डलाई भेटेरै सरकार नछाड्न दबाब दिएको हो ।
स्रोतका अनुसार चीनको यो दबाबसँगै प्रचण्ड यतिवेला दोधारमा परेका छन् । उनलाई तत्काल सरकारबाट समर्थन फिर्ता लिन माओवादी केन्द्रका प्रभावशाली नेताहरु रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, वर्षमान पुन र जर्नादन शर्मा लगायतका नेताहरुले एकीकृत दबाब दिइरहेका छन् ।
सरकार नछाड्न चीनको दबाब र सरकार छाड्न पार्टीका नेताहरुको दबाबले प्रचण्ड दोधारमा परेका हुन् ।
चिनियाँ सुरक्षा टोली पनि काठमाडौंमा
सरकार परिवर्तनकै चर्चा भइरहेका बेला अचानक चिनियाँ सुरक्षा अधिकारी पनि काठमाडौं आएका छन् ।
प्राकृतिक प्रकोप र सुरक्षा संवेदनशिलतालाई प्रमुख कारण देखाउँदै बन्द भएका तातोपानी–खासा, रसुवागढी–केरुङ र मुस्ताङको कोरला नाका सुचारु गर्न चिनियाँ सुरक्षा अधिकारी काठमाडौं आइपुगेका हुन् ।
जनमुक्ति सेनाको मेजर जनरल फु पेङ नेतृत्वको चिनियाँ टोली शनिबार अपरान्ह काठमाडौं आइपुगेको हो । औपचारिक छलफल र भेटघाटको तालिका नै तय नभई भएको चिनियाँ सुरक्षा अधिकारीहरुको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z