भोटेकोसीको कटान रोकिएन (फोटोहरु)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सीमास्थित सशस्त्र प्रहरी बलका नायब उपरीक्षक मनोज थापाकाअनुसार पानीको बहाव सामान्य रहेपनि पानीको धारले बस्तीको जमिनको माटो बगाउँदै लगेपछि क्षतविक्षत बजारका घरहरु ढलिरहेका छन् ।
हालसम्म प्रारम्भिक अनुमानअनुसार सीमामा मात्रै २५ भन्दा बढि घर कोसीमा मिसिसकेका छन् ।
बर्षाको सुरुवात भएदेखि नै लार्चादेखि लिपिसम्मका पहिरोले गर्दा सबै बस्ती पूर्णरुपमा जोखिममा छन् । लगातार जमिन कटान नरोकिनाले बजार मात्र नभइ अरनिको राजमार्गमा थप क्षति पुगेको छ ।
पर्यटकीय सम्पदाहरु तातोपानी, निर्माणाधीन चिनियाँ भन्सार भवनलगायतका प्रशस्तै संरचनाहरुमा अधिकांश भाग काटिसकेको छ । नदीले बगाएर ल्याएको ठूला ढुंगाहरु दशकिलो नजिकमा रहेको ड्याममा थुनिएर बाढी आउने जोखिम बढेको छ ।

###
0 comments
Write Down Your Responses