नयाँ नेपाली चलचित्रः निर्देशक देउवा, नायक प्रचण्ड, निर्माता भारत
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सानोमा कलाकार हुने औधी रहर थियो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई । पार्टी मुख्यालय पेरिसडाँडामा एकदिन चलचित्रका समग्र समस्या सुन्ने क्रममा प्रचण्डले आफ्नो सानो छँदाको रुचि राखेपछि सामुन्ने रहेका दुईदर्जन कलाकार दंग परे । केही महिनाअघिमात्रै प्रचण्डको अर्को रुचि पनि अभिव्यक्त भयो, साहित्यकारको कार्यक्रममा उनले साहित्यकार नै बन्ने रहर जागेको सुनाए – कलाकार हुन छिनमै हाँस्न, रुन र रिसाउन सक्नुपर्छ । बहुरुपी प्रचण्डमा यी तीनैवटै गुण भेटिन्छन् । परिस्थिति अनुसार उनी छिनमै हाँस्न, छिनभरमै नाच्न, रुन, रिसाउन र धम्क्याउन सक्छन् । यो क्षमता देखेर कतिपयले प्रचण्डलाई “कलाकार बन्नुपर्ने मान्छे” भन्छन् । तर प्रचण्डको यसमा पनि फ्युजन हुनसक्छ । प्रचण्डलाई लाग्दो हो, एक्काइसौं शताब्दीमा राजनीति र कलालाई फ्युजन गरेमात्र क्रान्ति हुनसक्छ । आजसम्मका नेताहरु कलाकार हुन नसकेरै असफल त भएका होइनन् ? त्यसैले उनी नेता र कलाकार दुवै हुन् । नेपाली चलचित्रले उचाइ नलिइरहेका बेला नेपाली राजनीतिका एक गजबका ‘नायक’ हुन, प्रचण्ड । जसले नेपाली राजनीतिलाई मनोरञ्जन उद्योग बनाइरहेका छन् ।
तीन दशकसम्म माओवादीको शक्तिशाली अध्यक्ष बनेका र १० बर्षे सशस्त्र द्वन्द्वको एकछत्र नेतृत्व गरेका प्रचण्डप्रति नेपाली जनताको बेग्लै आशा थियो । जुन अहिले पनि छ । तर, दोस्रो जनआन्दोलनपछि सिंहझैं उदाएका प्रचण्ड पछिल्लोपटक दाह्रा काटिएझैं देखिएका छन् । हात्ती आयो हात्ती आयो फुस्सा भन्ने पारा देखियो, प्रचण्डमा । झनपछि झन उनको व्यक्तित्व खस्कँदो छ । बिपक्षीले उनको बोली र कार्यशैलीप्रति पटकपटक व्यंग्य गर्दै आएका छन् । दोहोरो–तेहोरो भूमिकाका कारण आफ्नै दलभित्र पनि प्रचण्डविरुद्ध औंला सोझिन थालेका छन । उनको चतु¥याईंका कारण पटकपटक धोका खाएकाहरु अब उनलाई पत्याउन तयार छैनन । गणतन्त्र स्थापनापछि धेरै टेक्निक, छलछाम, तिक्डम, कूटिल चाल र षड्यन्त्रको पीडित राजनीति नै छ । खासगरी सत्ता र सरकारकै खेलमा बितेको १० बर्ष यसो भइराख्यो । चेस गेम र बागचालमा जस्तो एउटाले अर्कोलाई खाने, खान नसके रोकेर भने पनि राख्ने खेल चल्यो, त्यसको सबैभन्दा अग्रपंक्तिमा देखिए, प्रचण्ड । उनले सबैतिर किचलोमात्र राखेका छन् । संविधान बनाएर आर्थिक क्रान्ति गर्नेदेखि नेपाललाई सिंगापुर बनाउनेसम्मका ठूला कुरा गरे । तर, आफ्नो परिवार समेत बनाउन नसकेको आरोप प्रचण्डमाथि लाग्ने गरेको छ ।
एकातिर प्रचण्ड प्रधानमन्त्री ओलीलाई ‘तपाईंकै नेतृत्वमा राष्ट्रिय सरकार मान्न तयार छौँ’ भनेर अल्मलाइरहेका छन्, अर्कोतिर आफ्ना प्रिय पात्र कृष्णबहादुर महरालाई लगाएर भारत र चीनसँग वार्ता गरिरहेका छन् । यो भन्दा ठूलो कलाकारिता के हुन सक्छ ? शेरबहादुर देउवा उनका निर्देशकझैँ देखिएका छन् ।
हो, संविधानसभा माओवादीको युद्दको माग थियो । जसलाई २०६२/६३ को जनआन्दोलनले पनि अनुमोदन गरिदियो । तर, माओवादी संविधान निर्माणमा गम्भीर देखिएन । बरु, सरकार ढाल्ने र बनाउने खेलकै सारथी बन्यो । बाठो बन्न खोज्दा उसले सात बल्ड्याङ खायो । देशको मुल राजनीतिदेखि सत्ता सञ्चालनमा समेत उसको असफलता देखियो, परिणामतः माओवादी आफैमा चिराचिरा भयो । तर, संविधान जारी भएसँगै माओवादी सत्तामा यसरी उदायो कि उपराष्ट्रपति, सभामुख, सरकारका मुख्य मन्त्रालय आज उसकै भागमा छ । यो सबै काँग्रेसको राजनीतिक बेइमानीको उपज थियो । पूर्वसहमति अनुसार काँग्रेस र एमालेमिलेको भए प्रचण्डको पार्टीले आज यो हैसियत पाउने थिएन । किनकी सत्ताबाहिर हुँदाको पीडा हिजो प्रचण्डले जसरी भोगेका थिए, आज काँग्रेस सभापति शेरबहादुर देउवाले उसैगरि भोगिरहेका छन् ।
तर, विडम्वना यस्तो देखियो कि प्रचण्डलाई सत्ताको यो बाँडफाँडले मात्र चित्त बुझेको छैन्, उनलाई आफै प्रधानमन्त्री बन्न परेको छ । अर्थात उनले ओलीको कुर्सीमा धाबा बोल्न थालेका छन् । ओली सरकार रहने या नरहने भन्नेमा फेरि एकपटक प्रचण्डकै कारण देशको केन्द्रीत छ । हो, एमाले र माओवादी फरक पार्टी हुन्, कम्युनिष्ट पार्टी भए पनि यी दुईका लक्ष्य र गन्तव्य फरक फरक छन् । स्वभाविक रुपमै माओवादीले माया गरेर केपी ओलीलाई प्रधानमन्त्री मानेको हैन् । ओलीलाई प्रधानमन्त्री स्वीकार्नुमा माओवादीका आफ्नै स्वार्थ र बाध्यताहरु छन् । चरम वितृष्णाका कारण माओवादीभित्र पहिरो गइरहँदा प्रचण्ड माओवादी सरकारमा आएको हो, जसले उसको पार्टीभित्र कार्यकर्तालाई भुलाउन केही सहज बनेको छ । गठबन्धनलाई रोजेका मन्त्रालय दिएर प्रधानमन्त्री ओलीले गठबन्धनको विश्वास लिन खोजे । जसको एमालेभित्रै पनि सुरुवाती दिनहरुमा विरोध भयो । अर्को निर्वाचन गरेर सत्ता बुझाउने न्यूनतम सहमतिका साथ बनेको यो सरकार अहिले प्रचण्डकै कारण धर्मराउन थालेको छ । एकातिर प्रचण्ड प्रधानमन्त्री ओलीलाई ‘तपाईंकै नेतृत्वमा राष्ट्रिय सरकार मान्न तयार छौँ’ भनेर अल्मलाइरहेका छन्, अर्कोतिर आफ्ना प्रिय पात्र कृष्णबहादुर महरालाई लगाएर भारत र चीनसँग वार्ता गरिरहेका छन् । यो भन्दा ठूलो कलाकारिता के हुन सक्छ ? शेरबहादुर देउवा उनका निर्देशकझैँ देखिएका छन् । बढी महत्वाकांक्षा पाल्दा उनको यसअघिको सरकार ९ महिनामै ढलेको थियो, त्यसपछि जति बल गरेपनि प्रधानमन्त्री बन्न नसकेका प्रचण्डलाई अहिले फेरि प्रधानमन्त्री बन्ने हुटहुटीले सताएको छ । तर, उनलाई के थाहा छैन् भने यो २०६६ बैशाखको भन्दा कच्चा खेल हुनेछ ।
भारत र काँग्रेसको चाहनामा सरकार त ढल्ला, भारतले मधेशीसहितको गठबन्धन पनि बनाइदेला, उनी एमालेबिनाको बहुमतीय सरकारको केही महिना प्रधानमन्त्री पनि बन्लान, तर त्यो प्रचण्ड आफैका लागि आत्मघाती हुनेछ । गठबन्धनका निर्माता भारत र निर्देशक शेरबहादुर देउवाले केही महिनाभित्रै त्यो सरकार ढाल्नेछन्, किनकी भारतलाई प्रचण्डमात्रै होइन्, शेरबहादुर देउवा प्रधानमन्त्री चाहिएको छ ।
भारत र काँग्रेसको चाहनामा सरकार त ढल्ला, भारतले मधेशीसहितको गठबन्धन पनि बनाइदेला, उनी एमालेबिनाको बहुमतीय सरकारको केही महिना प्रधानमन्त्री पनि बन्लान, तर त्यो प्रचण्ड आफैका लागि आत्मघाती हुनेछ । गठबन्धनका निर्माता भारत र निर्देशक शेरबहादुर देउवाले केही महिनाभित्रै त्यो सरकार ढाल्नेछन्, किनकी भारतलाई प्रचण्डमात्रै होइन्, शेरबहादुर देउवा प्रधानमन्त्री चाहिएको छ । भलै ओली सरकार ढाल्न भारतले उनलाई नायकका रुपमा प्रयोग गर्नेछ ।
प्रचण्डलाई उचाल्नुभित्रको रहस्य
ओली नेतृत्वको सरकार किन यसरी धर्मराउँदैछ त ? प्रचण्डलाईलाई उचाल्ने काम किन भइरहेको छ ? राष्ट्रिय सरकार त आवरणमात्रै हो, त्यसभित्र लुकेका खास सत्य भिन्नै छन्, जुन अव्यक्त छन्:
१) ओलीको लोकप्रियता
२) काँग्रेस–माओवादीलाई मनोवैज्ञानिक त्रास
३) चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण
४) मोदीको इगो र भारतको भूमिकाविहीन
खासगरि, ओली सरकार ढाल्नुमा भारत र चीनबीचको जुधाइ जति छ, त्यति नै घरेलु राजनीतिक कारण पनि छ । मनमोहन अधिकारीले नेतृत्व गरेको नौ महिने सरकारको झल्को दिने गरी ओलीले काम गरिरहेका छन् । अर्थात २०५१ सालपछि बनेका सबै सरकार ओली सरकारको सामु फिक्का देखिएका छन् । ओलीको लोकप्रियता प्रतिस्पर्धी काँग्रेस र माओवादीलाई मात्रै होइन्, आफ्नै दलभित्र पनि कतिपयलाई टाउको दुखाइको विषय बनेको छ । जो ओलीलाई प्रधानमन्त्री पदमा धेरै टिकेको हेर्न चाहन्छन् ।
ओली सरकार ढाल्नुमा भारत र चीनबीचको जुधाइ जति छ, त्यति नै घरेलु राजनीतिक कारण पनि छ । मनमोहन अधिकारीले नेतृत्व गरेको नौ महिने सरकारको झल्को दिने गरी ओलीले काम गरिरहेका छन् । अर्थात २०५१ सालपछि बनेका सबै सरकार ओली सरकारको सामु फिक्का देखिएका छन् । ओलीको लोकप्रियता प्रतिस्पर्धी काँग्रेस र माओवादीलाई मात्रै होइन्, आफ्नै दलभित्र पनि कतिपयलाई टाउको दुखाइको विषय बनेको छ ।
ओली सरकारले ठूलो छलाङ नमारेपनि उनीप्रति यतिधेरै जनविश्वास देखिएको छ, लामै समय मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त गरे मुलुकको विकासले गति लिन्छ भन्ने विश्वास र भरोसा एमालेइतरका कार्यकर्तामा पनि देखिएको छ । जुन देउवा र प्रचण्डका लागि ‘थ्रेट’ हो । काँग्रेसलाई आगामी चुनावमा आफ्नो पार्टीले पहिलोस्थान गुमाउने डर छ भने प्रचण्डलाई सत्तागठबन्धनमा रहेर पनि त्यसको जस ओली र एमालेले मात्रै पाएको आरिस छ । यसैभित्र खेलिरहेको छ, भारत ।
केपी ओलीलाई सँधै भारतीय पक्षपोषकको आरोप लाग्ने गरेपनि खास समयमा उनले आफ्नो ‘स्ट्याण्ड’ प्रष्ट पारिदिए । संविधान लेखनका बेला ओलीले आफ्नै निवासमा भेट्न आइपुगेका नरेन्द्र मोदीका विशेष दूत र भारतीय राजदूतलाई हप्काएर पठाइदिए । नेपालको संविधान नेपालीले नै बनाउने भन्दै उनले संविधान जारी गर्न नेतृत्व लिए । ‘सानो देश’का नेताको यो अडान विश्व राजनीतिको खेलाडी भारतलाई चित्त बुझ्ने कुरै भएन । त्यसबेलादेखि नै ‘इगो’ साँधेर बसेका नरेन्द्र मोदीलाई ओली प्रधानमन्त्री भएपछि निकै ठूलो टाउको दुखाइ बनेको छ । उनी कुनै पनि हालतमा ओलीलाई हटाउन चाहन्छन् । क्रुर नाकाबन्दीपछि पनि ओली सरकार नहल्लिएपछि प्रचण्ड र देउवालाई मोदीले कार्डका रुपमा प्रयोग गरिरहेका छन् । देउवालाई काँग्रेसको सभापतिमा जिताउन भारतले सहयोग गरेको आरोप काँग्रेसभित्र नै लाग्ने गरेको छ । रामचन्द्र पौडेललाई हराएर देउवालाई काँग्रेस सभापतिमा जिताउनेदेखि भावी प्रधानमन्त्रीको रुपमा तयार पार्ने काम भारतले नै गरिरहेको छ । तसर्थ, भारत प्रचण्डलाई होइन्, देउवालाई चाहन्छ । भलै दुई–तीनमहिना प्रचण्डलाई प्रधानमन्त्री बनाएर भए पनि भारत आफ्नो यो स्वार्थपूर्ति गन इच्छुक देखिन्छ ।
यता, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भारतका लागि अर्को टाउको दुखाइ बनेको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्न नसके नेपालमा आफ्नो प्रभुत्व बचाउन नसक्ने निष्कर्षमा भारत देखिन्छ । चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणका क्रममा विभिन्न विकास सम्झौता हुने र त्यसले नेपालको विकासमा दूरगामी महत्व राख्नेछ । चिनियाँहरु उदार बनेर नेपालको विकासमा लगानी गर्न चाहेको चीनको प्रतिस्पर्धी भारतलाई चित्त बुझ्ने प्रश्नै भएन । केही दिन अघि भारतीय राष्ट्रपति प्रणब मुखर्जी नेपाल आउन चाहेको प्रायोजित समाचार नेपाली मिडियामा आएको थियो । कारण– चीनका राष्ट्रपति भन्दा पहिला भारतका राष्ट्रपतिलाई नेपालमा स्वागत गर्नुपर्छ भन्ने बहस बुलन्द बनोस् भन्ने भारत चाहन्थ्यो । अब त्यो पनि सम्भव देखिएन् । किनकी केपी ओली चिनियाँ राष्ट्रपतिलाई रातो कार्पेट बिछ्याउन तम्तयार भएर बसेका छन् । तसर्थ, छिमेकीलाई ‘साइज’मा राख्दै नेपाललाई आफ्नै लयमा अगाडि बढाउने केपी ओली पटकपटक शिकार भइरहेका छन् । संविधान निर्माणमा नेतृत्व गरेको काँग्रेसले संविधान जारी भएलगत्तै आफ्ना तत्कालिन सभापति सुशील कोइरालालाई ओलीसँग चुनाव लडाएर जुन गल्ती गरेको छ, त्यो गल्ती नदोहो¥याउनुमै उसको हित छ । किनकी त्यतिबेला काँग्रेसले बुद्दि पु¥याएको भए अहिलेको राजनीतिक समीकरण अर्कै हुने थियो ।
प्रचण्डलाई त झन् ओली सरकार ढाल्नु आत्मघाती सावित हुनेछ । न उनी काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नेछन्, न त एमालेको समर्थन नै पाउनेछन् । बाटोको बुर्की बन्नुभन्दा प्रचण्डमा अहिलै चेत आओस् । उनी यही गठबन्धन टिकाउन सके भने बरु एक दिन प्रधानमन्त्री बन्नेछन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z