'जिउँदो सहिद' भेट्न पुगे प्रधानमन्त्री
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
परिवार भन्छन्, ‘संविधान कार्यान्वयन गर्नुहोस्’
असार २४, २०७३- प्रधानमन्त्री केपी शर्मा ओलीले जिउँदो सहिद मुकेश कायस्थ र परिवारलाई भेटेर उनको बारेमा जानकारी लिएका छन् ।
धुलिखेलमा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनी बनेपास्थित मुकेशको घर पसेका थिए । उनले आमा मिरा, बुबा कृष्णमान, प्रतिष्ठानका अध्यक्ष हिरा शर्मासँग जानकारी लिएका थिए ।
१० वर्षअघि २०६२ चैत्र २७ गते प्रतिगमन विरुद्धको आन्दोलनका क्रममा कञ्चटमा गोली लागेका मुकेश अझै अर्धचेत अवस्थामा छन् । विभिन्न चरणका उपचारले स्वास्थ्यमा क्रमिक सुधार देखिएका मुकेश लेदो खानेकुरासम्म खान सक्ने भएका छन् । देब्रे हात चलाउने, बोलाएको सुनेर मुस्कुराउने र बुझेको जस्तो गर्ने र ह्विलचियरमा आफै अडिन सक्ने भएका छन् । बनेपास्थित विद्या सागर बोर्डिङ स्कूलको कक्षा ८ मा पढ्दै गरेका घाइते भएका कायस्थ १५ बर्षका थिए ।
प्रधानमन्त्री ओलीले जनआन्दोलनमा उनको भूमिकाको प्रशंसा गरे । आगन्तुक पुस्तिकामा ‘जिउँदो सहिद’ उल्लेख गरेका प्रधानमन्त्री ओलीले यसबारे प्रतिष्ठानलाई लिखित निवेदन ल्याउन आग्रह गर्दै यसबारे ‘सकेको गर्ने’ प्रतिबद्धता जनाएका थिए । मुकेशलाई भेट्न घरमा नै पुगेका तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले पनि जिउँदो सहिद घोषणा गर्ने प्रतिवद्धता जनाएका थिए । सरकारले दिएका सबै सेवा सुविधाबाट सन्तुष्ट मुकेशको परिवारले उसलाई जिउँदो सहिद घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ ।
आमा मिरा कायस्थले संविधान कार्यान्यवन गर्न प्रधानमन्त्रीलाई आग्रह गरिन् । ‘सबै दलहरु मिलेर संविधान ल्याउनुभयो, यसमा हामी खुसी छौँ,’ उनले भनिन्, ‘अब संविधान पनि कार्यान्वयन गर्नुहोस् ।’
प्रतिष्ठानका संरक्षक एवं वरिष्ठ साहित्यकार मोहन दुवालले जिउँदो सहिद घोषणा गर्न, मुकेशको फोटो अंकित हुलाक टिकट प्रकाशन गर्न गरिदिन र मकेशको नाममा पुनस्र्थापना केन्द्र खोलिदिन सरकारसँग आग्रह गरेका थिए । प्रतिष्ठान गठन गरेकाले सरकारले जग्गा उपलव्ध गराए भवन बनाएर मुकेशको नाममा समाजसेवा गर्ने परिवारले इच्छा जाहेर गरेका थिए ।
सरकारले उनको लागि उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलव्ध गराउँदै आएको छ । उनको उपचारको क्रममा कृषि बिकास बैंकमा लागेको ७ लाख ऋण पनि सरकारले मिनाहा गरिदिएको थियो ।

###
0 comments
Write Down Your Responses