आर्थिक केन्द्र बन्दै रुपन्देही
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
असार २४, २०७३- छ वर्षअघि पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले ४० करोड लगानीमा रुपन्देही सदरमुकामस्थित देवकोटा चोकमा तीनतारे होटल नान्स सञ्चालनमा ल्याएका थिए । त्यसको सफलतासँगै उनले पाँचतारे होटल नान्स २ को निर्माण गरिरहेका छन् ।
केही वर्षको अन्तरालमा उनले होटलमा थप ७० करोड रुपैयाँ लगानी गरिरहेका छन् । उनी हौसिनुको कारण पछिल्लो समय भैरहवा, लुम्बिनी, बुटवलमा तीव्र गतिमा तयार भइरहेका पर्यटन तथा औद्योगिक पूर्वाधार हुन् । पछिल्लो समय लगानीमैत्री वातावरण बनिरहेको उनले बताए ।
‘यस क्षेत्रमा व्यवसायका लागि होटलको भविष्य राम्रो छ,’ उनले भने । उनले मात्र होइन, भैरहवा, लुम्बिनी, बुटवल र बुटवल–भैरहवा सडक खण्डको बीचमा स्तरीय होटल निर्माण बढेको छन् । केहीले जमिन खरिद गरेर निर्माण तयारीमा छन् । केही व्यवसायी जमिन खरिदको खोजीमा छन् । भैरहवा, लुम्बिनी क्षेत्रमा मात्र आगामी तीन वर्षमा वैदेशिक लगानी सहितका आधा दर्जन पाँचतारे होटल सञ्चालनमा हुने क्रममा छन् । भैरहवा नजिकको चिल्हियामा हङकङको सिल्भर हेरिटेजको ८० र स्वदेशी २० प्रतिशत गरी ३ अर्बभन्दा बढीको लगानीमा पाँचतारे टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आउँदै छ । वसन्तपुरमा रहेको होटल बोधी रेडसनले स्तरोन्नति गर्दै पाँचतारे बनाउन लागेको छ । लुम्बिनी क्षेत्रमा पाँचतारे पवन प्यालेस र भैरहवाको बुद्धचोकमा एसियन इन्टरनेसनल रिजेन्सी निर्माणाधीन अवस्थामा छन् ।
होटलमा मात्रै हैन, पछिल्लो सयम ठूला उद्योग सञ्चालन गर्न चाहने व्यवसायीको पहिलो रोजाइमा यो क्षेत्र पर्न थालेको छ । डेढ दशक अघिसम्म दिउँसै ‘स्याल कराउने’ सुनसान भैरहवा–लुम्बिनी सडक क्षेत्र औद्योगिक करिडोरमा परिणत भएको छ । चार दर्जन ठूला उद्योग स्थापना भइसके । सिमेन्ट उद्योगमा करिब ११ अर्ब स्वदेशी र विदेशी लगानी भित्रिएको छ । भैरहवा–परासी हुलाकी सडक खण्ड पनि औद्योगिक करिडोरमा रूपान्तरण हुँदै छ । भैरहवा–बुटवल खण्डमा ठूला उद्योग छन् । बुटवल औद्योगिक क्षेत्रमा उद्योग भरिएर थप विस्तारको सम्भावना नभएपछि सरकारले नै करिब ८ सय बिघा जमिन अधिग्रहण गरेर मोतीपुरमा अर्को औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
ठूला आयोजना
बुद्ध जन्मस्थल लुम्बिनी विश्वकै प्रमुख पर्यटकीय गन्तव्य स्थलका रूपमा स्थापित भएको छ । लुम्बिनी नै यस क्षेत्रको पर्यटन व्यवसायको मुख्य आधार हो । यहाँ सन् २०१७ सम्ममा वा ०१८ को सुरुमा सञ्चालनमा आउने गरी निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, तीन वर्षभित्र सम्पन्न हुने छ लेनको बेलहिया–बुटवल व्यापारिक मार्ग, केही महिनामै सञ्चालन तयारीमा भइरहेको विशेष आर्थिक क्षेत्र (सेज), जमिन अधिग्रहणको तयारीमा रहेको मोतीपुरको ठूलो औद्योगिक क्षेत्र, धकधही क्षेत्रमा निर्माण हुने तयारीमा रहेको औद्योगिक करिडोर, चार लेनमा विस्तार हुन लागेको भैरहवादेखि लुम्बिनी हुँदै कपिलवस्तु सडक, टेन्डर भइसकेको भैरहवाको बेथरीदेखि अमुवा हुँदै बुटवल पूर्व–पश्चिम राजमार्गमा जोडिने निर्माणाधीन चार लेनको सडक, देवदह–मणिग्राम–मानपकडी–सूर्यपुरा हुँदै लुम्बिनी जोड्ने बुद्ध सर्किट सडक, भैरहवा नजिकैको मैनिहवामा स्थापना हुन लागेको १ सय ३२ केभीए विद्युत् प्रसारण आयोजना तीव्र गतिमा निर्माणाधीन भौतिक पूर्वाधार हुन् । यी आयोजना २ देखि ३ वर्षभित्र पूरा हुने छन् ।
भारत–नेपाल हुँदै हुने आयात निर्यातलाई सहजीकरण गर्न सीमा क्षेत्रमा एकीकृत जाँच चौकी पनि कार्यान्वयनमा अघि बढेको छ । प्रमुख भन्सार नाकामध्ये भैरहवा शान्त र सहज भएकाले उद्योग स्थापनाका लागि लगानीकर्ता आकर्षित हुन थालेका छन् । एक वर्षअघि तराईमा लामो समय भएको बन्द हडतालको प्रभाव यस नाकामा परेन । प्रमुख नाका वीरगन्ज लामो समय ठप्पै बनेपछि त्यहाँको आयात विस्थापित भएर यहाँबाट हुन थाल्यो । तराई अस्थिरतापछि पर्यटन र उद्योगमा स्वदेशी र विदेशी लगानीकर्ता यता आकर्षित बनेका हुन् ।
उपयुक्त भूगोल
रुपन्देहीको ९५ प्रतिशत भूभाग समथर भएकाले उद्योग सञ्चालनका लागि सहज छ । उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयात र उत्पादित वस्तु बजारसम्म पठाउनका लागि (अन्तर्राष्ट्रिय तहसम्मका लागि) आवश्यक पूर्वाधार तयार हुँदै छन् । सडक, विद्युत्, सञ्चार सञ्जालले जोडिएका छन् । पहाडी जिल्लाबाट बसाइ सराइका कारण बनेको मिश्रित समाज बलियो छ । उत्तरमा रहेको बुटवल पश्चिम पहाडी जिल्लाको संगमस्थल भूभाग लुम्बिनी अञ्चलकै प्रमुख व्यापारिक स्थल हो । पछिल्लो पटक भएको विकासले बुटवल मुलुकै राम्रा सहर बन्दै गएको छ । पूर्व–पश्चिम र सिद्धार्थ राजमार्गको मिलन केन्द्र बुटबल बजार चौबिसै घन्टा गुल्जार बन्न थालेको छ । भारतको उत्तरप्रदेश, दिल्ली, मध्यप्रदेश, पन्जाव, राजस्थान कुनै वस्तुको आयात/निर्यात गर्न परे भौगोलिक रूपमा पायक पर्ने नाका भैरहवा बनेको छ । ‘भौगोलिक रूपमा पायक र सुरक्षा दृष्टिले सहज नाका भएकाले यस क्षेत्रमा लगानीलाई आकर्षित गर्न थालेको हो,’ सिद्धार्थ औद्योगिक ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवाल भन्छन्, ‘पहिला उद्योग लगाउन वीरगन्ज, विराटनगर, काठमाडौंमा सीमित हुने गरेकामा अबको रोजाइ भैरहवा बन्न थालेको छ ।’
उनका अनुसार एकातिर भारतको प्रमुख औद्योगिक सहरबाट पायक पर्ने नाका र अर्कोतर्फ भैरहवा–बुटवलबाट लगभग साढे २ सय किमिको दूरीमा काठमाडौं, पोखरा, नेपालगन्ज, वीरगन्ज सहरमा जोडिन पनि सहज भएकाले लगानीकर्ताको रोजाइ यो स्थलमा पर्न थालेको हो । नयाँ ठूला उद्योग लगाउन चाहने कुनै पनि व्यवसायीले एक पटक भैरहवा क्षेत्रको सम्भाव्यता गर्ने गरेको उनको दाबी छ । ‘धेरैले जग्गा मिलाइदिन आग्रह गर्ने गरेका छन् । कतिपयले मिलेर संयुक्त लगानी गरौं भन्ने प्रस्ताव आउने गरेका छन्,’ अग्रवालले भने ।
बढ्दो आयात
मुलुकमा हुने अधिकांश औद्योगिक तथा व्यापारिक कारोबार यस नाकाबाट भइरहेको छ । भौतिक पूर्वाधारका कारण नाकाको प्रयोग बढ्न थालेको हो । नाकाबन्दी र मधेस आन्दोलनका बेला यस नाकाले भारतले अड्कलेर कोटाबाट नेपाललाई पठाउने गरेको खाद्यान्न, खाना पकाउने एलपी ग्यास, पेट्रोलियम पदार्थ, औषधिजस्ता अति आवश्यक वस्तु राजधानीलाई पठाएर धानिदिएको थियो । याहाँबाट भित्रिएको पेट्रोलियम पदार्थ ७० प्रतिशत राजधानी पठाइन्थ्यो । ‘यो नाका पनि अवरुद्ध हुन्थ्यो भने राज्यका सबै प्रणालीलाई चुनौती हुने थियो,’ प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भने, ‘नाका सहज बनाउन स्थानीयको भूमिका महत्त्वपूर्ण रह्यो ।’ आन्दोलनको बेलामा नाका सहज बनाउन जिल्लामा देखिएको सबै पक्षको सहयोग र संवेदनशीलताका कारण अहिले लगानीका लागि आकर्षणको केन्द्र बन्न पुगेको उनको ठम्याइ छ ।
पछिल्लो समय अटो मोबाइल्स कम्पनीहरू सुजुकी, महेन्द्रा, हुन्डाई, आयसर, होन्डा, मित्सुबिसी, टोयटा, किया, फोर्ड, डायसुलगायत कम्पनीका लागि भैरहवा रोजाइ बनेको छ । आधिकारिक बिक्रेताले यहाँबाट आयात गर्न थालेका छन् । स्थायी रूपमा प्रयोग गर्न केहीले जमिन खरिद गरेर गोदाम बनाएका छन् । केहीले जमिन भाडामा लिएर बनाएका छन् । मदौलियास्थित सिद्धार्थ राजमार्गको किनारामा करिब २ बिघा जमिन १० वर्षका लागि भाडामा लिएर सिप्रदी ट्ेरडिङले कार्यालय सहितको यार्ड (गाडी पार्किङस्थल) निर्माण गरेको छ । ‘वीरगन्ज अवरुद्ध हुने गरेकाले वैकल्पिक नाकाको खोजीमा भैरहवालाई लिन थालेका हौं,’ ट्रेडिङका भैरहवा शाखा प्रबन्धक गोविन्द उपाध्यायले भने ।
गुरुयोजना पूरा हुँदै
लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारले यसपालि बजेट व्यवस्था गरेको छ । ३८ वर्षअघि सुरु भएको योजना अधुरो छ । सरकारले बुद्ध सर्किटको पनि योजनाबद्ध विकासका लागि गुरुयोजना बनाउने जनाएको छ । लुम्बिनी र बुद्ध सर्किटको विकास भएमा बौद्धमार्गीको लुम्बिनी प्रमुख गन्तव्य बन्ने छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लगानी गरेको एसियाली विकास बैंकको अध्ययनले सञ्चालन हुने वर्ष सन् २०१८ मा वार्षिक ५ लाख, सन् २०२० सम्म २० लाख, २०२५ सम्म २५ लाख र २०२७ सम्म वार्षिक ६० लाख पर्यटकले उक्त विमानस्थलको प्रयोग गर्ने उल्लेख गरेको छ । चीन, जापान, कोरिया, सिंगापुर, थाइल्यान्ड, हङकङ, म्यानमार, श्रीलंकालगायत राष्ट्रबाट सिधै हवाई उडान सञ्चालन हुने छ । भारतलगायत दक्षिण एसियाली मुलुक र आन्तरिक पर्यटकको चाप बढ्ने छ । ‘गुरुयोजना पूरा गराउने प्रतिबद्धतासहित सरकारको यो बजेटले उत्साहित गराएको छ,’ लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधले भने ।
कोषको सूचना शाखाका अनुसार सन् २०१६ को जुन सम्ममा लुम्बिनीमा भारतीय पर्यटक १३ हजार ३ सय ८०, सन् २०१५ मा १ लाख ३० हजार, २ सय ६२ र २०१४ मा १ लाख ५४ हजार २ सय १६ जना आएका थिए । २०१८ को जुन सम्ममा तेस्रो मुलुकका १ हजार ५ सय ८५, २०१५ मा १ लाख २९ हजार १ सय ८० र २०१४ मा १३ ३ सय ८ जना आएका थिए । स्थलमार्ग हुँदै तेस्रो मुलुकका धेरै पर्यटक भित्रिने बेलहिया नाकाबाट २०१४ मा १ लाख १७ हजार २ सय ६३ जनाको आगमन १ लाख १० हजार ७ सय २१ जना यो नाकाबाट प्रस्थान गरेका थिए । २०१५ मा १ लाख २० हजार ८ सय ३७ को आगमन र १ लाख १५ हजार ३ सय २४ प्रस्थान गरेका थिए । २०१६ को जुनसम्म ६३ हजार १ सय ९८ को आगमन र ६० हजार ४ सय ५२ ले प्रस्थान गरेका छन् ।
व्यवस्थित सहर
रुपन्देहीका सबै नगरपालिका व्यवस्थित नगरमा परिणत हुने क्रममा छन् । जिल्लाका बुटवल उपमहानगरपालिकासहित ६ नगरपालिकामध्ये सिद्धार्थनगर लुम्बिनीको ‘गेट वे’ हो । विमानस्थल सञ्चालनमा आउनासाथ राजधानीस्थित त्रिभुवन विमानस्थल मर्मतका लागि बन्द गरिने छ । त्यसबेला यहाँकै विमानस्थल प्रयोगमा ल्याइने भएपछि लगानी आकर्षित बनेको हो । ‘द्रुत गतिमा निर्माणाधीन भौतिक संरचना र नाकामा सुरक्षाको प्रत्याभूतिले गर्दा यस क्षेत्रमा नयाँ लगानी आउन थालेको छ,’ सिद्धार्थनगर उद्योग वाणिज्य संघ अध्यक्ष रामकुमार शर्माले भने, ‘हिजोको नाकाबन्दी र मधेस आन्दोलनले त्रसित बनेका उद्योगी व्यवसायी भोलिको प्रादेशिक संरचना र नामकरणका लागि हुन सक्ने विवादले त्रसित भएकाले शान्ति स्थलको खोजी गर्दै आइरहेका छन् ।’ भैरहवा–धकधही औद्योगिक करिडोरमा उद्योग स्थापना गर्न जग्गा खोजीमा धेरै छन् । खाद्यान्न, चाउचाउ, औषधि, स्टिल रोलिङ, बिस्कुट, चप्पल जुत्ता, दाल, मैदा, बियरजस्ता झन्डै ४० उद्योग आउँदै छन् । सेजमा पनि आकर्षण छ । भैरहवा सहरलाई व्यवस्थित र सुन्दरीकण गर्न एसियाली विकास बैंकको सहयोगमा सिद्धार्थनगर नगरपालिकाले एकीकृत सहरी विकास आयोजना सञ्चालन गरेर आवश्यक भौतिक पूर्वाधार तयार गर्न थालेको छ । बैंकसँग सन् २०१७ सम्मका लागि यि भौतिक पूर्वाधार तयार पार्न सन् २०१२ मा १ अर्ब ७० करोड रुपैयाँको अनुदान सहयोगमा नगरपालिकाको सम्झौता भएको थियो । भैरहवा क्षेत्रमा अन्तर्राष्ट्रिय जगतसँग सम्पर्क आउने खालका बढ्दो आर्थिक गतिविधिका कारण एसियाली विकास बैंकसँग दोस्रो चरणका लागि करिब २ अर्ब रुपैयाँ सहयोगको क्षेत्रीय विकास आयोजना सञ्चालनका लागि पुन: सम्झौताको तयारी भएको छ ।
बजेटमा प्राथमिकता
आउँदो वर्षको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले बुटवल–भैरहवा बीचको स्थानलाई जोडेर महानगरपालिकाका रूपमा अगाडि बढाइने उल्लेख गरेका छन् । घोषणाले भैरहवा–बुटवल खण्डमा देवदह, सैनामैना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा बृहत् सहर विकास गर्न सकिने सम्भावना बढेको योजनाविदको बुझाइ छ । नगरपालिका नबनेका धकदही, दयानगर, बेथरी, मझगवा, फर्साटिकरलगायत बस्ती नगरोन्मुख छन् । अत्यधिक वैदेशिक रोजगारीको कारण गाउँ सहरमा परिणत हुन थालेका छन् । जीवनस्तर फेरिँदो छ । भैरहवा, तिलोत्तमा र बुटवल उपमहानगरपालिकालाई समेटेर ‘मेघा सिटी’ का रूपमा विकास गर्न नेपाल नगरपालिका संघले प्रस्ताव गरिसकेको छ । राष्ट्र बैंक सिद्धार्थनगर शाखाका अनुसार यस क्षेत्रको अधिकांश लगानी घरजग्गामा केन्द्रित छ । व्यवसाय वा उद्योगका लागि जग्गा खरिद गर्दा भविष्यमा असर नपर्ने अनुमान र निर्माण वा निर्माणाधीन भौतिक संरचनाले ‘वित्तीय हब’ का रूपमा अघि बढेको शाखाका निर्देशक रेवतीप्रसाद नेपालले बताए । उनका अनुसार क, ख, ग र घ श्रेणीका २ सय १६ वित्तीय संस्था छन् ।
ऊर्जा समस्या
विकासका भौतिक पूर्वाधार धमाधम निर्माण भई राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्न थालेको भैरहवामा ऊर्जाको भने चर्को समस्या छ । सेजमा २४ घण्टा विद्युत् उपलब्ध गराउन धकधहीमा सब स्टेसन बनाउने योजना अघि सारिए पनि सम्पन्न हुने समय यकिन छैन । ‘न्यूनतम १ सय मेगावाट विद्युत् आवश्यक भए पनि ३०/४० मेगावाट मात्रै उपलब्ध छ,’ नेपाल विद्युत् प्राधिकरण भैरहवाका प्रबन्धक मुनिन्द्र ठाकुरले भने ।
बढ्दै छ राजस्वमा योगदान
व्यापारिक र औद्योगिक प्रयोजनका लागि यो नाकाको प्रयोग बढेपछि भैरहवा भन्सारले चालू आवमा लक्ष्यभन्दा तेब्बर राजस्व असुलेको छ । यो आर्थिक वर्षका लागि ३० अर्ब लक्ष्य तोकिएको थियो । साढे चार महिनाअघि लक्ष्य पूरा गरेको थियो । भन्सार विभागले लक्ष्यमा संशोधन गरेर ५३ अर्ब कायम गरेको थियो । असार १२ सम्ममा ५६ अर्ब ५९ करोड संकलन भइसकेको छ । आयात क्रम यथावत रहेमा असार मसान्तसम्ममा ६० अर्ब पुर्याउने अनुमान छ । वीरगन्ज नाका सहज भइसकेपछि पनि यतै पायक पर्ने र कार्य सम्पादन छिटो हुने जनाउँदै प्रयोगलाई निरन्तरता दिएका छन् । भैरहवा, बुटवल, देवदह, सैनामैना, तिलोत्तमा, लुम्बिनी नगरपालिमा भित्री गाउँ र बस्तीमा भवन निर्माण अत्यधिक बढ्न थालेपछि भन्सार राजस्वमा पनि प्रभाव पर्न थालेको हो । ठूलाठूला निर्माण क्रम बढ्न थालेपछि लोडर, डोजर, स्क्याभेटरलगायत मेसिनरी सामग्री, क्लिंकर, सिमेन्ट, फलामलगायत सामग्रीको आयात बढ्दो छ ।

###
0 comments
Write Down Your Responses