बाख्राले भैँसीको सिङ धान्दैनः प्रधानमन्त्री ओली
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली।
बनेपाः प्रधानमन्त्री केपी शर्मा ओलेले घुमाउरो शैलीमा संघीय प्रदेश र स्थानीय सरकार ठूलो भएकाले मुलुकले धान्न नसक्ने बताएका छन् ।
शुक्रबार धुलिखेलमा एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्षमता अनुसारको बोझ बोक्नुपर्ने बताउँदै भने, ‘क्षमता अनुसारको बोझ बोक्नुपर्छ, बाख्राले भैँसीको सिङ धान्दैन।'
संघीय सरकार धान्न कठिन हुने तर्फ इंगित गर्दै ओलीले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै भने, ‘एउटा सरकार चलाउनका लागि त यो हबिगत छ, झन् आठ–आठ संघीय सरकार चलाउनु छ। अब क्षमता अनुसारको भारी बोक्नुपर्छ।'
प्रधानमन्त्री ओलीले नेपालमा बाटो भन्दा धेरै झन्डावाल गाडि भएको समेत टिप्पणी गर्दै भने, ‘नेपालमा बाटो थोरै छ तर झन्डावाला गाडि धेरै छन्।'
प्रधानमन्त्री ओलीले कलिलो लोकतन्त्रलाई बचाउन कठिन भएको समेत बताएका छन्। ‘हामी कलिलो लोकतन्त्रमा छौँ। लोकतन्त्रमा सरकारको हैसियत अनुसार स्थानीय निकाय सञ्चालन गर्नुपर्छ, त्यसको व्यवस्थापनमा सरकार लागि परेको छ,' ओलीले भने।
यो सरकार झ्यालबाट हाम फाल्दैन
प्रधानमन्त्री ओलीले अहिलेको सरकार विपक्षीले सोचेजस्तै कमजोर नभएको समेत दाबी गरेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेस तर्फ लक्षित गर्दै ओलीले भने, ‘सरकार रहेन भन्दैमा संसद भंग गर्छ भन्ने हल्ला छ तर यो सरकार झ्यालबाट हाम फाल्ने खालको होइन।'
प्रधानमन्त्री ओलीले जती जे भनेपनि यो सरकारको अवधि २०७४ माघ ७ गतेसम्म भएको दाबी गरे। ओलीले भने, ‘सरकार परिवर्तन हुन्छ तर यही सरकारले स्थानीय, प्रदेश, संसद र राष्ट्रपतिको चुनाव गराउछ।'
बनेपाः प्रधानमन्त्री केपी शर्मा ओलेले घुमाउरो शैलीमा संघीय प्रदेश र स्थानीय सरकार ठूलो भएकाले मुलुकले धान्न नसक्ने बताएका छन् ।
संघीय सरकार धान्न कठिन हुने तर्फ इंगित गर्दै ओलीले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै भने, ‘एउटा सरकार चलाउनका लागि त यो हबिगत छ, झन् आठ–आठ संघीय सरकार चलाउनु छ। अब क्षमता अनुसारको भारी बोक्नुपर्छ।'
प्रधानमन्त्री ओलीले नेपालमा बाटो भन्दा धेरै झन्डावाल गाडि भएको समेत टिप्पणी गर्दै भने, ‘नेपालमा बाटो थोरै छ तर झन्डावाला गाडि धेरै छन्।'
प्रधानमन्त्री ओलीले कलिलो लोकतन्त्रलाई बचाउन कठिन भएको समेत बताएका छन्। ‘हामी कलिलो लोकतन्त्रमा छौँ। लोकतन्त्रमा सरकारको हैसियत अनुसार स्थानीय निकाय सञ्चालन गर्नुपर्छ, त्यसको व्यवस्थापनमा सरकार लागि परेको छ,' ओलीले भने।
यो सरकार झ्यालबाट हाम फाल्दैन
प्रधानमन्त्री ओलीले अहिलेको सरकार विपक्षीले सोचेजस्तै कमजोर नभएको समेत दाबी गरेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेस तर्फ लक्षित गर्दै ओलीले भने, ‘सरकार रहेन भन्दैमा संसद भंग गर्छ भन्ने हल्ला छ तर यो सरकार झ्यालबाट हाम फाल्ने खालको होइन।'
प्रधानमन्त्री ओलीले जती जे भनेपनि यो सरकारको अवधि २०७४ माघ ७ गतेसम्म भएको दाबी गरे। ओलीले भने, ‘सरकार परिवर्तन हुन्छ तर यही सरकारले स्थानीय, प्रदेश, संसद र राष्ट्रपतिको चुनाव गराउछ।'

###
0 comments
Write Down Your Responses