रमेश खरेलको फाइलले गृहमन्त्रालयमा हंगामा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

उनै एसएसपी खरेलको एउटा फाइलका कारण गृहमन्त्रालयमा गत साता केही तनाव भयो । खरेललाई एक संस्थाले अमेरिकामा निम्तो दिएको छ । विश्वका सफल युवाहरुको सम्मेलनमा सहभागी हुन खरेललाई जनवरीको तेस्रो साता बोलाइएको छ । उक्त कार्यक्रममा जाने अनुमतिका लागि खरेलले निवेदन दिएका थिए । उनलाई अनुमति दिने कि नदिने भन्नेमा गृहका अधिकारीहरुबीच विवाद भएको थियो । गृहसचिव सूर्य सिलवालसमेत सो विषयमा निर्णय गर्न डराए । खरेललाई स्वीकृति दिँदा गृहमन्त्री वामदेव गौतम रिसाउन सक्ने चिन्ता उनलाई रहेको थियो । किनभने, बेलाबेला मन्त्री गौतम र एसएसपी खरेलबीच सार्वजनिक रुपमा जुहारी चल्दै आएको छ ।
खरेलले आफूलाई भेट्नसमेत नआएको भनेर गौतमले गुनासो गर्दा त्यसको पत्युत्तरमा भेट्न आवश्यक नभएको भन्दै अन्तर्वाता दिएका थिए । दुई साताअघि अपराध दिवस मनाउने कार्यक्रममा पनि गौतमले मिडियामा बोल्दा प्रहरी अधिकारीहरुसँग जुहारी चल्ने गरेको भन्दै उनले आफू बोल्न छाडेको बताएका थिए । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

###
0 comments
Write Down Your Responses