चुलो निभाउन बिर्सिंदा बस्तीभरि आगो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
रौतहटका छुट्टाछुट्टै तीन स्थानमा आगलागी हुँदा ११ वटा घर तथा सवारीसाधन जलेका छन्। गंगापिपरा, फतुवा महेशपुर गाविस र गरुडा नगरपालिकामा मंगलबार एकै दिन आगलागी भएको हो। आगलागीपछि करिब एक दर्जन परिवार घरबारविहीन भएका छन्। दुवै घटनामा चुलोबाट सल्किएको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ। नागरिक दैनिकमा समाचार छ ।
गंगापिपरा–९, दलित बस्तीका ६ घर जलेर नष्ट भएका छन्। स्थानीय महिन्दर पासवानको घरबाट फैलिएको आगो छिमेकीका घर तथा गोठमा सल्किएको हो। स्थानीयका अनुसार महिन्दरका परिवार चुलो राम्ररी ननिभाई खेतमा गएका बेला उक्त आगलागी भएको थियो।
अँगेनाको ज्वालाले चुलोनजिकै रहेका साना ग्यास सिलिन्डर पड्किएपछि आगोले विकराल रुप लिएको थिए। धनमाल जले पनि दिउँसो लागेको आगो सबैले थाहा पाएकाले मानवीय क्षति भने हुन नपाएको इलाका प्रहरी कार्यालय गंगापिपराले जनाएको छ
। महिन्दरसहित जोगिन्दर पासवान, रक्टु पासवान, सुरेन्द्र पासवान, जगदेव हजारीलगायतका घर तथा गोठ जलेका छन्।
लगातार हावा लागेकाले आगो चाँडो फैलिएको प्रहरी निरीक्षक शम्भु भण्डारीले बताए। 'कति क्षति भयो भन्ने एकिन विवरण आइसकेको छैन, जलेका मालसामान, लत्ताकपडा, अन्नपात, नगदको विवरण संकलन हुँदै छ,' उनले भने।
मध्याह्न साढे ११ बजे सुरु भएको आगलागी स्थानीय र सुरक्षाकर्मीको प्रयासमा एक घन्टापछि नियन्त्रणमा लिइएको थियो। गौर नगरपालिकाबाट वारुणयन्त्र ल्याइएको थियो। घटनालगत्तै पुगेर आगो नियन्त्रणमा लिएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए।

###
0 comments
Write Down Your Responses