झापाका पाँच सय विद्यार्थीलाई म्याद गुज्रिएको हात्तीपाइले रोगको औषधि खुवाइयो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सुरुङ्गा (झापा), फागुन २६ – झापाको चन्द्रगढीस्थित वीरेन्द्र उच्च माध्यमिक विद्यालयका ५०० विद्यार्थीलाई म्याद गुज्रिएको हात्तीपाइले रोगको औषधि सेवन गराइएको पाइएको छ ।
नेपाल सरकारकोे राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम–२०७१ अन्तर्गत पुहातुवारी स्वास्थ्य चौकीद्वारा वितरित हात्तीपाइले रोगको औषधिको उपभोग्य मिति सन् २०१३ डिसेम्बरमात्र उल्लेख भएको पाइएसँगै विद्यार्थीलाई म्याद गुज्रिएको हात्तीपाइलेको औषधि सेवन गराइएको देखिएको विद्यालयका प्रधानाध्यापक टङ्कनाथ शर्मा पाण्डेले बताउनुभयो ।
प्रधानाध्यापक पाण्डेका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय झापाको मातहतमा रहेर पुहातुवारी स्वास्थ्य चौकीले विद्यार्थीलाई म्याद गुज्रिएका औषधि सेवन गराएकाले औषधिखाने सबै विद्यार्थी डराएका छन् ।
स्वास्थ्य चौकीका प्रमुख हेमन्तराज दवाडीले विभागकै लापर्बाहीले यस्तो भएको बताउनुभयो । उहाँका अनुसार औषधिको खोलमा उपभोग्य म्याद हालकै लेखिएको भएपनि भित्री पत्तामा म्याद गुज्रेको औषधि राखेर पठाएकाले त्यस्तो गल्ती भएको हो ।
राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत अहिले झापाका विभिन्न गाविसमा हात्तीपाइलेको औषधि खुवाउने काम भइरहेको छ ।
झापामा सात लाख ८२ हजार जनालाई हात्तीपाइले रोगको औषधि सेवन गराउने लक्ष्यअनुरुप काम भइरहेको र प्राविधिक कारणबस यस्तो हुन गएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहताले बताउनुभयो । झापाका कति मानिसले औषधि सेवन गरे त्यसको भने तथ्याङ्क आइनपुगेको र एकसाताभित्रमा सम्पूर्ण तथ्याङ्क आउने उहाँको भनाइ छ ।
गत वर्ष झापामा ६५ प्रतिशत मानिसले मात्र हात्तीपाइले रोगको औषधि सेवन गरेका थिए । रासस

###
0 comments
Write Down Your Responses