दीपिकाले भनिन्: मेरो शरीर मेरो फैसला (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मुम्बई-बलीउड अभिनेत्री दीपिका पादुकोणले 'वो इन्डिया' का साथ अर्को नयाँ भिडियो सूट गरेकी छन्। जसमा उने भनेकी छन् 'मेरो शरीर, मेरो सोच-मेरो फैसला।' नारी सशक्तिकरणमा आधारित यो भिडियोलाई 'माई च्वाइस' अर्थात मेरो फैसला नाम दिइएको छ।




भिडियोमा दीपिकाले भनेकी छन् 'नारीको लागि उनिहरुसँग जोडिएका सबैकुराको फैसला गर्ने हक छ।' 'चाहे कुनै प्रकारको कपडा लगाउने होस्, विवाह गर्ने होस् वा सम्वन्ध बिच्छेद गर्ने होस् या विवाह अघिनै शारीरिक सम्वन्धबारेको किन नहोस्?'
महिलाको नीजि फैसलाबारे बनेको भिडियोमा दीपिकाले म कुनै पुरुषसँग प्रेम गरौं वा कुनै महिलासँग या दुबैसँग-यसमा मेरो फैसला हुनुपर्छ भनेकी छन्। उनले आफ्नो फैसलाले मात्रै आफूलाई खास बनाउने दाबी गरेकी छन्।
'म ब्रह्मान्ड हुँ, म सत्य हुँ र यो मेरो फैसला हो' भिडियोको अन्तमा भनिएको छ। दुई मिनेट ३४ सेकेन्डको भिडियोलाई होमी अदजानियाले निर्देशन गरेका हुन्।
भिडियो हेर्नुहोस:
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z