८ खर्ब १९ अर्बको बजेट सार्वजनिक (पूर्णपाठ)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, आषाढ २९ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको छ ।
अर्थमन्त्री डा. रामशरण महतले व्यवस्थापिका संसदको मंगलबारको बैठकमा ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । यो बजेट गत वर्षको भन्दा ५६ दशमलव ८ प्रतिशतले बढी हो ।
अर्थमन्त्री महतले भूकम्पपछिको पुनःनिर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम थाल्ने सरकारको रहेको धारणा ब्यक्त गरे । पुनःनिर्माण प्राधिकरणलाई छिट्टै पूर्णता दिइने भन्दै उनले पहिलो चरणको खर्च ६ खर्ब ६७ अर्ब खर्च हुने देखिएको बताए । आगामी ५ वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने सरकारी अठोट छ ।
भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई लगानीको वातावरण निर्माण, रोजगारी सिर्जना र जीवनस्तर सुधार गर्ने सरकारको योजना छ ।
जेष्ठ नागरिकले पाउँदै आएको मासिक सामाजिक सुरक्षा भत्ता बढाएर एक हजार पुर्याइएको छ । शिक्षा क्षेत्रको विकासका लागि ९८ अर्ब ६४ करोड बजेट विनियोजन भएको छ । पर्यटन प्रवर्दनका लागि १ अर्ब रकम छुट्ट्याइएको छ ।
सन्चारगृहहरुले तिर्ने रोयल्टी ५० प्रतिशत कम गरी नवीकरण शुल्क नलिने घोषणा सरकारले गरेको छ । बजेटमा ६ खर्ब १४ अर्ब सरकारी स्रंोत, १ खर्ब १० अर्ब विदेशी सहायता र ९५ अर्ब रुपैयाँ विदेशी ऋणबाट स्रोत जुटाउन लागिएको हो ।
यसैबीच, चालु आर्थिक वर्षमा आर्थिक बृद्धिदर ५ बढी भइ अर्थतन्त्र सुधार हुने अपेक्षा गरिएपनि कम उत्पादन र भूकम्पको असरले ३ दशमलव ०४ प्रतिशतमा झरेको बताइएको छ । कुलग्राह्स्थ उत्पादन एक तिहाइ मात्र रहयो । भूपम्पपछि पनि नेप्से परिसूचक ९ सयभन्दा माथि नै रहेको बताइएको छ ।
बजेटको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्ः

###
0 comments
Write Down Your Responses